गुगललाई किन लगाइयो २.७ अर्ब डलर जरिवाना



काठमाण्डौं । युरोपियन युनियनले इन्टरनेट सर्च इन्जिन गुगललाई गलत ब्यापारिक अभ्यास गरेको मुद्दामा दोषी ठहर गर्दै २.७ अर्ब अमेरकी डलर जारिवाना गरेको छ।

कुनै कुरा गुगलमा खोजि गर्दा निष्पक्ष हुनुको साटो गुगलले आफ्नो ‘सपिङ कम्प्यारिजन सर्विस’ लाई गुगलमा खोजी नतिजाको शीर्ष स्थानमा प्रवर्धन गरेको आरोप गुगाललाई लागेको छ।

बजारलाई आफू अनुरुप ढाल्न गलत कार्य गरेको आरोपमा गुगलले पाएको यो जरिवाना अहिले सम्मकै सबैभन्दा ठूलो हो।

युरोपियन युनियनले गुगललाई आफ्नो बजार प्रतिष्पर्धा विरोधी नीतिलाई ९० दिन भित्र अन्त्य गर्न आदेश दिएको छ। यदि गुगलले अटेरी गरेमा उसलाई अझै सजाय दिने पनि युनियनले चेतावनी दिएको छ।

अब गुगलले आफूसँग जोडिएको ‘शपिंङ सर्विस’ उसले चलाउने तारिकामा ३ महिना भित्र परिवर्तन गरिसक्नुपर्ने छ। गुगलले अटेरी गरेमा उसको ‘शपिंङ सर्विस’ले संसारभरबाट दैनिक कमाएको ५ प्रतिशत रकम जरिवानाका रूपमा बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा टिकटक बन्द

    संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ

गाजामा युद्धबिराम, विपिन पनि सकुशल रिहा हुने

    अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु