विद्यालयमा चक्कु निषेध



काठमाण्डौं । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ ।

विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ ।

लण्डनका मेयर सादिक खानले सो जानकारी बुधबार दिनुभएको छ । उहाँले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने धारणा राख्नुभयो ।
पछिल्लो समयमा बेलायतमा चक्कु आतङ्क मच्चिने गरेको छ । यस वर्षमात्र बेलायतमा २४ जनाको चक्कु प्रहारबाटै ज्यान गएको छ ।

हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ बर्षमुनिका युवा रहेका थिए ।
युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिनुभएको छ ।

यस हप्तामात्र पनि लन्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएका तीन छुट्टाछुट्टै घटनाको सामना गरिएको प्रहरीले जनाएको थियो ।

गएको हप्ता लण्डनको प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो । उक्त प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा मात्र लण्डनका विभिन्न स्थानमा युवाहरुको साथबाट ५१८ वटा चक्कु फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको