विद्यालयमा चक्कु निषेध



हाम्रो इकोनोमि

काठमाण्डौं । बेलायतका प्रत्येक विद्यालयमा विशेष सुरक्षा मापदण्ड लागू गरिने भएको छ । यसका लागि पहिलो चरणमा विद्यालय छिर्नुअघि उनीहरुले चक्कु बोके नबोकेको पत्ता लगाउने उपकरण जडान गरिने भएको छ ।

विद्यालय छिर्ने द्वारमा विद्यार्थीले हतियार वा चक्कु बोके नबोेकेको बारेमा पत्ता लगाउनका लागि यस्तो उपकरण (मेटल डिटेक्टर) जडान गर्न लागिएको लण्डनको महानगर कार्यालयले जनाएको छ ।

लण्डनका मेयर सादिक खानले सो जानकारी बुधबार दिनुभएको छ । उहाँले विद्यार्थीले चक्कु बोकेको पत्ता लगाउनका लागि यस्तो संयन्त्र जडान गर्न लागिएको र यसबाट चक्कु बोक्ने युवायुवतीहरुको लत हटाउन सहज हुने धारणा राख्नुभयो ।
पछिल्लो समयमा बेलायतमा चक्कु आतङ्क मच्चिने गरेको छ । यस वर्षमात्र बेलायतमा २४ जनाको चक्कु प्रहारबाटै ज्यान गएको छ ।

हालैमात्र गरिएको एक अनुसन्धानबाट ती हत्यामा संलग्न भएकामध्ये सबैजसो २५ बर्षमुनिका युवा रहेका थिए ।
युवाहरुमा पछिल्ला केही महिनायता चक्कु बोक्ने लत बढ्दै गएकोले त्यो छुटाउन सहयोग पुगोस भनेर विद्यालयमा यस्तो उपकरण जडान गर्न लागिएको मेयर सादिकले जानकारी दिनुभएको छ ।

यस हप्तामात्र पनि लन्डन महानगरपालिकाका विभिन्न तीन नगरमा चक्कु प्रहार गरी हत्या भएका तीन छुट्टाछुट्टै घटनाको सामना गरिएको प्रहरीले जनाएको थियो ।

गएको हप्ता लण्डनको प्रहरीले चक्कु जफत गर्ने अभियान चलाएको थियो । उक्त प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार एक हप्तामा मात्र लण्डनका विभिन्न स्थानमा युवाहरुको साथबाट ५१८ वटा चक्कु फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...