८ वर्ष बितिसक्दा पनि जलविद्युत् आयोजना अलपत्र



काठमाण्डौं । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ऐयारीखोला लघु जलविद्युत् आयोजनाको निर्माण थालिएको ८ वर्ष बितिसक्दा पनि अझै अलपत्र छ । लघु सो आयोजना निर्माणका लागि खरिद गरिएका सामान यत्रतत्र छरिएर रहेका र कतिपय विद्युतीय सामानमा खिया लागेर पात पतिङ्गरले पुरिएका छन् ।

सो आयोजनाका लागि गठित उपभोक्ता समितिको लापरबाहीका कारण निमार्ण सुरु भएको ८ वर्ष बितिसक्दा पनि पूरा नभएको स्थानीयवासीको भनाइ छ ।

उपभोक्ता समितिले अन्य उपसमितिलाई कुनै जिम्मेवारी नदिएको सामान खरिद उपसमितिका अध्यक्ष जयलाल रावतको गुनासो छ । सामान खरिद उपसमितिको आफू संयोजक भएपनि सो आयोजनाका लागि कहाँबाट कति सामान खरिद गरिएको छ भन्ने आफूलाई थाहा नभएको जयलाल उहाँले बताउनुभयो ।

आठ वर्षको अवधिमा तीन पटक उपभोक्ता समिति फेरबदल भइसकेको छ । सुरुमा गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रावतले आयोजनाका सम्पूर्ण कागजात सचिव पदमबहादुर शाहीसंग भएकाले यसको यथार्थ विवरण आफूसंग नभएको बताउनुभयो  ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा सिर्जना बस्नेत निर्वाचित भएपछि वडास्तरीय प्रथम बैठकमा आगामी दसैंमा गाउँमा बत्ती बाल्न प्रकाण्डको समितिलाई विघटन गरेर लालबहादुर सिंहको अध्यक्षतामा तेस्रो उपभोक्ता समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका