तेल ट्यांकरमा आगलागी, कम्तीमा १२३ जनाको मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ ।

पाकिस्तानको एक सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बहावपुर सहरमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा १२३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।

पाकिस्तानी अनलाइन डनका अनुसार ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न झुम्मिएका स्थानीयहरु आगलागीमा परेका छन् । ट्यांकरबाट तेल चुहिएको खबरपछि ठूलो संख्यामा महिला र बालबालिका तेल जम्मा गर्न गर्न पुगेका थिए । दुर्घटनामा ६ वटा कार र १२ वटा मोटरसाइकल जलेका छन् ।

आगलागीमा मृत्यु भएकाहरुको अनुहार चिन्न सकिंदैन । उनीहरुको डीएनए परीक्षणको तयारी भइरहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...