भाषाकै कारण चर्किएको आन्दोलन



हाम्रो इकोनोमि

दार्जिलिङ । भारतको दार्जिलिङ अहिले रणभूमिमा परिणत भएको छ । करिब डेढ साता चलेको यो आन्दोलनमा पाँचजनाको मृत्यु भईसकेको छ भने ३० प्रहरीसहित एक सयजना घाइते भएका छन् ।

गोर्खा जनमुक्ति मोर्चा गोजमोले अलग्गै गोर्खाल्यान्ड राज्यको माग गर्दै सुरु गरेको आन्दोलन राज्यले दमन गर्दा यस्तो अवस्था आएको त्यहाँका विष्लेषहरुको दावी छ । शान्तिपूर्ण रुपमा चलिरहेको आन्दोलनमा राज्यले दमन गर्न खोजेपछि अहिलेको अवस्था सिर्जना भएको हो । ।

पटक–पटक अशान्ति हुँदै शान्त भएको दार्जिलिङ आन्दोलन दुई साताअघि पश्चिम बंगाल सरकारले विद्यायल तहमा बंगाली भाषालाई अनिवार्य बनाएपछि पुनः चर्किएको हो ।

अब यो आन्दोलन यत्रिमै टुङ्गिने खालको देखिदैन । अब आन्दोलनकारी पश्चिम बंगाल सरकारसँग वार्ता नगरी केन्द्रीय सरकारसँग मात्र वार्ता गर्ने पक्षमा रहेका छन् । अबको वार्ता अलग गोर्खाल्यान्ड राज्यका लागि केन्द्र सरकारसँग मात्र हुने आन्दोलनकारीको निचोड रहेको छ । अर्कोतर्फ सरकारले पनि वार्ता नगर्ने संकेत गरेकोदेखाएको छ । वार्तामा आउनुअघि गोजमोले तत्काल हिंसा रोक्नुपर्ने राज्यपक्षको अडान रहेको छ ।

सरकारले आन्दोलनकारीलाई चरम दमन गरेको दार्जिलिङका विद्यायकहरूले गुनासो गरेका छन् । ‘पश्चिम बंगाल सरकारले शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको छ, प्रहरी दमन सरकारकै लागि प्रत्युत्पादक बन्न सक्छ,’ विद्यायक अमर सिंह राई भन्छन् । नेपाली भाषी बस्ने दार्जिलिङमा जबरजस्ती बंगाली भाषा लादिएको गोर्खाल्यान्ड राज्यको माग राखी आन्दोलन गरेहकाहरुको आरोप छ ।

अब गोर्खाल्यान्ड राज्यको माग पूरा नहुन्जेल आन्दोलन नरोकिने आन्दोलनकारीले बताउँदै आएका छन् । सत्तासीन त्रिणमूल कांग्रेसले आफूहरूमाथि जबरजस्ती बंगाली भाषा लादेको आन्दोलनकारीले गुनासो गरेका छन् । ‘हामी बंगाली होइनौँ । बगाली हाम्रो मातृ भाषा होइन । दार्जिलिङमा बसोवास गर्ने प्रायः सबैले आफ्नो मातृभाषा बोल्छन् । हामीमाथि किन जबरजस्ती बंगाली भाषा लादियो ,’ गोजमो अध्यक्ष विमल गुरुङ प्रश्न गर्छन् । प्रदर्शन सुरु भएपछि गुरुङलगायत शीर्ष नेताहरू अर्धभूमिगत छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...