किन हुँदैछ, तल्लो मोदी आयोजनाको उत्पादनमा ढिलाई



काठमाण्डौं । पर्वतमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन शुरू हुन ६ महीना ढिलाइ हुने भएको छ । आगामी साउनदेखि उत्पादन थाल्ने तालिका थियो । सुरुङ तयार नभएकाले पछाडि धकेलिएको आयोजना प्रमुख पवन यादवले बताए । मनाङ ट्रेड लिङ्क प्रालिले निर्माण गरिरहेको आयोजनाको हेडवक्र्सको काम ९५ प्रतिशत सकिएको छ । सुरुङ खन्ने काम पूरा भई कङ्क्रिटिङ भइरहेको छ । यादवका अनुसार कङ्क्रिटिङको काम ४० प्रतिशतको हाराहारीमा मात्रै सकिएकाले ढिला हुने देखिएको हो ।

कमजोर भौगर्भिक अवस्थाका कारण सुरुङमा समस्या देखिएको आयोजना कङ्क्रिटिङमा पनि समय लागेको छ । सुरुङको काम पूरा हुन ४ महीना थप लाग्ने यादवले बताए । विद्युत्गृहमा ७० प्रतिशत काम सकिएको छ । आयोजनामा जडान हुने हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आयात भइसकेको मनाङ ट्रेड लिङ्कले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका