छिमेकीबाट एक्लिएको कतारलाई इरानले गर्न थाल्यो सहयोग !



काठमाण्डौं । साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइनलगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले जनाएको छ।

ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेका देशहरुको आरोपलाई कतारले भने अस्विकार गरेको छ। इरान साउदी अरबको कडा आलोचक हो। इरानको बौशेहर प्रान्तका निर्देशक मोहम्मद मेहदी बोन्चारीले तेहरानले कतारका लागि दैनिक ११ हजार खाद्यपदार्थ पैठारी गरेको बताउनु भएको फार्सले जनाएको हो। इरानले इमिरेट्सलाई पनि खाद्यान्न पठाएको छ।

जुन ११ तारिखका दिन राष्ट्रिय वायु सेवाले कतारलाई पाँच वटा जहाजमा तरकारी पठाएको एएफपीलाई बताएको थियो। त्यही दिन ईरानले ६६ टन मासु र विभिन्न जनावरहरु पनि कतार पठाएको फार्सले जनाएको छ। त्यसपछि पनि ९० टन मासु कतार पठाइएको छ।

कतारको हवाइ सेवाले साउदी अरब, यमन र बहराइनले आफ्नो आकाशसमेत कतारी विमानलाई नदिने बताएपछि केही उडानलाई रुट परिवर्तन गरी इरानको बाटो भएर कतार ल्याएको थियो । यसले इरानी आकाशमा १७ प्रतिशतले ट्राफिक वृद्धि भएको छ। इरानले विवाद अन्त्य गर्न कतार र खाडी मुलुकका छिमेकी देशहरुका बीचमा सम्वादको आवश्यकता रहेको बताउदै आएको छ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले