छिमेकीबाट एक्लिएको कतारलाई इरानले गर्न थाल्यो सहयोग !



हाम्रो इकोनोमि

काठमाण्डौं । साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइनलगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले जनाएको छ।

ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेका देशहरुको आरोपलाई कतारले भने अस्विकार गरेको छ। इरान साउदी अरबको कडा आलोचक हो। इरानको बौशेहर प्रान्तका निर्देशक मोहम्मद मेहदी बोन्चारीले तेहरानले कतारका लागि दैनिक ११ हजार खाद्यपदार्थ पैठारी गरेको बताउनु भएको फार्सले जनाएको हो। इरानले इमिरेट्सलाई पनि खाद्यान्न पठाएको छ।

जुन ११ तारिखका दिन राष्ट्रिय वायु सेवाले कतारलाई पाँच वटा जहाजमा तरकारी पठाएको एएफपीलाई बताएको थियो। त्यही दिन ईरानले ६६ टन मासु र विभिन्न जनावरहरु पनि कतार पठाएको फार्सले जनाएको छ। त्यसपछि पनि ९० टन मासु कतार पठाइएको छ।

कतारको हवाइ सेवाले साउदी अरब, यमन र बहराइनले आफ्नो आकाशसमेत कतारी विमानलाई नदिने बताएपछि केही उडानलाई रुट परिवर्तन गरी इरानको बाटो भएर कतार ल्याएको थियो । यसले इरानी आकाशमा १७ प्रतिशतले ट्राफिक वृद्धि भएको छ। इरानले विवाद अन्त्य गर्न कतार र खाडी मुलुकका छिमेकी देशहरुका बीचमा सम्वादको आवश्यकता रहेको बताउदै आएको छ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...