नेपाल र कोरियाका विद्यालयबीच भगिनी सम्वन्ध स्थापना



काठमाडौँ । नेपालका र कोरीयाका दुई विद्यालयबीच भगिनी सम्वन्ध स्थापान भएको छ । हालै दुई देशका विद्यालयका बीच विभिन्न बुँदाहरुमा साझदारी भएको हो ।

सन् १९८७ काठमाडौं नैकाप, तीनथाना अवस्थित ब्राइट फ्युचर स्कुल र १९९७ काठमाडांै स्वयंभुमा अवस्थित हारती शिक्षा मन्दिर स्कुल नेपाल र दक्षिण कोरिया ह्वासाङ्ग सिटीमा अवस्थित ससिन माध्यामिक विद्यालय र दक्षिण कोरिया, सुवन सिटि अवस्थित मम् फुटबल क्लब बीच केही दिन सम्झौता भएको हो ।

दुबै देशका बिद्यालय बीच आपसी भगिनी सम्बन्धमा हस्ताक्षर गरी विधिवतरुपमा सम्बन्ध स्थापित भएको विद्यालयले जनाएको छ ।
सम्झौतापछि विद्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, –‘आजको यस हारती शिक्षा मन्दीर स्थित स्पोटर्स हलमा आयोजना गरिएको यस पत्रकार सम्मेलनमा दुई देशका विद्यालयवीच विभिन्न बुदाँहरूमा आपसी छलफल र सद्भावका आधारमा भविष्यमा सहकार्य गर्न सकिने समझदारी भएको सहर्ष जानकारी यराउँछौं ।’

सम्झौतामा संस्कृति आदान–प्रदान, शिक्षक तथा विद्यार्थी आदान–प्रदान, शैक्षिक सामाग्री आदान–प्रदान , खेलकुदको विकास र विस्तारमा सहयोग आदान प्रदान , विभिन्न सामाग्रीहरू तथा प्रविधि आदान–प्रदान, आर्थिक सहयोग लगायतका साझेदारी गर्ने उल्लेख छ । यसैगरी शिक्षाको माध्यमद्वारा दुई देशका विद्यालय लाई हित हुने तथा सुमधुर सम्बन्ध कायम गर्ने समेत उल्लेख छ ।

ब्राइट फ्युचर स्कुल र हारती शिक्षा मन्दिर स्कुल फुटबल, तेक्वान्दो, योङ्गमुदो, डान्स, म्युजिक जस्ता विषयलाई उच्च स्थानमा राखि अतिरिक्त व्रिmयाकलापमा अनिवार्य रुपमा पढाइ हुनुे विद्यालय हो । जस अन्तर्गत हारति शिक्षा मन्दिर स्कुल नेपालकै एक मात्र कोरीयन भाषा पनि पढाइहुने विद्यालय हो भने ब्राइट फ्युचर स्कुल काठमाण्डौंको उच्चशिर्ष १० औं स्थानमा पर्ने विद्यालय हो ।

 

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको