काठमाडौँमा धुवाको मुस्लो,यसकारण भोली प्लेन नउड्ने



काठमाडाैं/ भोली असार ९ गते शुक्रबार दिउसो ४ बजे पछि नेपालको एकमात्र बिमानस्थलमा आधा घन्टाका लागि सन्नाटा छाउने छ । पांच बजे सम्म कुनै पनि उडान हुने छैन। आधा घण्टा सुनसान हुने विमानस्थलका कारण एयरपोर्ट वरपर कालो धुँवाको मुश्लो पनि देखिने भएको छ । अति ब्यस्त एयरपोर्ट लाइ ठप्प पारेर आधा घण्टा नागरिक उड्डयन प्राधिकरणले सुरक्षा अभ्यास गर्न लागेका कारण भोलि दिउँसो साढे चार बजेदेखि पाँच बजेसम्म त्रिभुवन विमानस्थलबाट उड्ने र यहाँ अवतरण हुने सबै विमानहरू ठप्प हुने भएका हुन् ।

प्राधिकरणका अनुसार नेपालमा रहेका सबै हवाई उडानसँग सम्बन्धित निकायहरूका सहभागितामा विमानस्थल संकटकालीन योजनासम्बन्धि पूर्णकालीन अभ्यास चलाउनका लागि उडान रोक्न लागिएको हो। प्राधिकरण श्रोतका अनुसार विमानस्थल संकटकालीन योजनाको अभ्यास गर्ने परिपाटी अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार गरिने योजनाबद्ध अभ्यास भएकाले विमानस्थलबाट देखिने कालो मुश्लो धुँवा भने कुनै दुर्घटना नभइ नक्कली दुर्घटनाको पूर्व अभ्यासको सूचक मात्र हुनेछ । त्यसकारण कालो मुस्लो देखिदैमा नाअत्तिन पनि प्राधिकरणले आम सर्ब साधारणमा अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले