रामदेवका औषधी गुणस्तरहिन,बिक्री बितरणमा रोक



हाम्रो इकोनोमि

काठमाडौ । योगगुरु रामदेवका पतन्जलीले उत्पादन गरेको औषधीहरु गुणस्तरहिन भएको प्रमाणित भएका छन् ।

औषधी ब्यवस्था बिभागले ल्याव परीक्षण गर्दा पतन्जली आयुर्बेदिक केन्द्रद्धारा उत्पादित अम्ला चुर्ण, दिब्या गसार चूर्ण, बकुची चूर्ण त्रिफला चुर्ण, अश्वगन्धा चूर्ण र अदिब्या पूर्ण औषधीहरु गुणस्तर नभएको पाईएपछि बिक्री बितरणमा रोक लगाईएको छ ।

बजारमा रहेका औषधीहरु फिर्ता गर्न बिभागले कम्पनी र बिक्रेतालाई निर्देशन दिएको छ । चूर्ण बर्गका ओषधीमा मापदण्ड नपुगेको र गुणस्तर पनि नभएकाले उपचार भन्दा रोग बढाउने संभावना बढी रहेको बताईएको छ । कतिपय औषधीमा सुक्ष्म जिवाणु समेत भेटिएको बिभागको भनाई रहेको छ ।

पतन्जलीले हाल नेपालमा खोलिएका सयौं केन्द्र मार्फत ११० प्रकारका औषधी बिक्री बितरण गरिरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...