अब भुगर्भ विभागले खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने



काठमाडौँ । खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ ।

विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो । विभागले खनिज खोजतलासका लागि हाल पुराना प्रविधिको प्रयोग गर्दै आएपनि अब भने नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ ।

विभागका प्रवक्ता कृष्णदेव झाले ३०औँ वर्षका पुराना मेसिनले काम गर्न नसक्ने भएपछि नयाँ प्रविधि झिकाएर अध्ययन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानी नयाँ प्रविधिबाट अध्ययन गर्नका लागि हामीले एसआरएफ, जिपिआर र डाइमन्ड ड्रिलकोर मेसिन भित्र्याउन लागेका छौँ ।” उक्त मेसिन भित्र्याउनका लागि विभागले रु एक करोड ५० लाख बजेट समेत छुट्याइसकेको र यही महिनाभित्र मेसिन विभागमा आइपुग्ने प्रवक्ता झाले बताउनुभयो ।

“यसअघि खानीमा रहेको वस्तु प्रयोगशालामा ल्याएर जाँच गरेर कस्तो प्रकारको खनिज रहेछ भन्ने पत्ता लगाउँथ्यौँ यो मेसिन भित्रिएपछि कुन खनिज हो भन्नेबारे खनिज रहेको स्थलमा नै थाहा हुन्छ,” प्रवक्ता झाले भन्नुभयो ।

हाल नेपालमा १२३ खानी सरकारी तथा निजी क्षेत्रलाई प्रयोग गर्न विभागले अनुमति दिए पनि ८० खानी मात्र प्रयोगमा रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले