अब भुगर्भ विभागले खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने



हाम्रो इकोनोमि

काठमाडौँ । खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ ।

विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो । विभागले खनिज खोजतलासका लागि हाल पुराना प्रविधिको प्रयोग गर्दै आएपनि अब भने नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ ।

विभागका प्रवक्ता कृष्णदेव झाले ३०औँ वर्षका पुराना मेसिनले काम गर्न नसक्ने भएपछि नयाँ प्रविधि झिकाएर अध्ययन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानी नयाँ प्रविधिबाट अध्ययन गर्नका लागि हामीले एसआरएफ, जिपिआर र डाइमन्ड ड्रिलकोर मेसिन भित्र्याउन लागेका छौँ ।” उक्त मेसिन भित्र्याउनका लागि विभागले रु एक करोड ५० लाख बजेट समेत छुट्याइसकेको र यही महिनाभित्र मेसिन विभागमा आइपुग्ने प्रवक्ता झाले बताउनुभयो ।

“यसअघि खानीमा रहेको वस्तु प्रयोगशालामा ल्याएर जाँच गरेर कस्तो प्रकारको खनिज रहेछ भन्ने पत्ता लगाउँथ्यौँ यो मेसिन भित्रिएपछि कुन खनिज हो भन्नेबारे खनिज रहेको स्थलमा नै थाहा हुन्छ,” प्रवक्ता झाले भन्नुभयो ।

हाल नेपालमा १२३ खानी सरकारी तथा निजी क्षेत्रलाई प्रयोग गर्न विभागले अनुमति दिए पनि ८० खानी मात्र प्रयोगमा रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...