चलचित्रमा रुदाने



काठमाडौँ ।  दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनमा आधारित भएर
चलचित्र निर्माण भएको छ । विष्टको १८औँ स्मृति दिवसको अवसर पारी बुधबार ‘रुदाने विद्रोहको नेपाली नाम’को फष्ट लुक सार्वजनिक भएको छ ।

चलचित्रमा रुपचन्द्र विष्टको सिंगो जीवन र थाहा दर्शनका विविध पाटा समेटिएको निर्माण पक्षले जनाएको छ । रुदानेको लेखन अमितकिशोर सुवेदी र विकास ढकालले संयुक्त रूपमा गरेका छन् ।

दावनल क्रियशनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्मार्ता जागृत रायमाझी छन् ।
चलचित्रमा विष्टको भूमिकामा दिव्यदेवले अभिनय गरेका छन् भने नम्रता श्रेष्ठ, रवि गिरी, सुभास गजुरेल, अमर सुवेदी, सरोज अर्याललगायत एक सयभन्दा बढी कलाकारको पनि अभिनय छ । चलचित्रमा बलिउडका सान्ता राओको छायांकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ ।

रुदाने यसै वर्षभित्र प्रदर्शनमा ल्याउने गरी अन्तिम चरणको सुटिङ भइरहेको निर्माण पक्षले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं