बिजी मलमा सुरु भयो, सामसुङ ग्यालेक्सी मोवाइल एक्स्पो



काठमाडौ । राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् ।

असार ७ गतेबाट सुरु भएको ग्यालेक्सी मोबाइल एक्स्पो असार १७ गतेसम्म चल्नेछ । उक्त अवधि भर प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँच जनाले सेल्फी स्टीक पाउने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

एक्सपोमा सांगितिक प्रस्तुतीका साथै विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । १० हजार रुपैंया भन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिभर मोबाइल खरिद गर्ने मध्ये दुई जनालाई नगद फिर्ता गरिने मलले जनाएको छ ।

एक हजार रुपैंयादेखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेट उपलब्ध गराउने मलले जनाएको छ । यसका साथै एक्स्पो अवधिभर प्रत्येक दिन दुई जनालाई बिएसआर मुभिजको टिकट तथा बेसिल क्याफेका तर्फबाट लञ्च कुपन निशुल्क उपलब्ध गराइनेछ ।

चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजी मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको