भर्सटायल गायक हिमाल श्रेष्ठ



हाम्रो इकोनोमि

काठमाडौँ । खोटाङमा हुर्केका हिमाल श्रेष्ठ उमेरले भर्खर २१ टेक्दैछन् । उनको गायकीलाई हेर्ने र सुन्ने हो भने उनको गलालाई हामीले सलाम गर्नै पर्छ ।

सुमधुर स्वरका धनी हिमाल साङ्गितिक क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन लागिपरेका छन् । उनी अहिले काठमाडौमा रही संगीत साधनामा अनवरत रुपमा लागिरहेका छन् । गुरुकूलमा संगीत प्रशिक्षण लिदै आईरहेका श्रेष्ठको ‘सानीले’ बोलको गीत अहिले निकै चर्चामा रहेको छ ।

उनी लोक, पप, आधुनिक सबै खाले गीत गाउन सक्छन् । ‘उनको तिमी मेरो म तिम्रो, बिरको शिर, माया गर्नेलाई गाउँ मेरो’ लगायत आधा दर्जन गीतमा आफ्नो स्वर दिईसकेका छन् । सानीले र माया गर्नेलाई गीतको म्युजिक भिडियो युट्युबमा आएको छ ।

संगीत गुरु गुरुदेव कामतसँग संगीत प्रशिक्षण लिईरहेका उनी विकृत तथा उच्छ्रिङ्खल खालका गीत नगाउने बताउछन् । मायाप्रमका साथै राष्ट्रिय भावनाले भरिएका गीतमा आफ्नो स्वर दिएका हिमालले आगामी दिनमा सफलता चुमोस हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...