एसिड आक्रमणकारी अझै फरार



हाम्रो इकोनोमि

काठमाडौँ । दक्षिण ललितपुरको प्युटारका ९ वर्षिय बालक करण तामाङमाथि एसिड प्रहार गरी फरार भएका अभियुक्तलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।

गत जेठ ८ गते अपरिचित समूहले उनीमाथि एसिड आक्रमण गरेका थिए। एसिड आक्रमणबाट घाइते भएका करणको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको छ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भएर डाक्टरको सल्लाह बमोजिम ५ दिनअघि उनलाई अस्पतालबाट डिर्सचार्ज गरिएको उनका आफन्तले जानकारी दिए।

मुखभित्र एसिड परेका कारण उनी उपचारपछि पनि बोल्न सक्ने अवस्थामा छैनन्। उपचारमा संलग्न डाक्टर संगिता शाक्य का अनुसार उनी बोल्न सक्ने हुनका लागि अझै एक महिनाको समय लाग्ने बताए ।

घटनामा संलग्न १२ बर्षका किष्ट विकलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। अरु भने अझै फरार रहेका छन् । ‘बच्चाको मुखमा एसिड खन्याउनेलाई जसरी पनि कारबाहि हुनुपर्छ,’ उनले भने, ‘तर राजनीतिक दबाबका कारण प्रहरीले खुलेर अनुसन्धान गरेको छैन’ स्थानीय श्याम तामाङले भने।

उनले एसिड आक्रमणबारे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी बम बहादुर भण्डारीलाई जानकारी गराएपछि ललितपुर प्रहरीले आक्रमणकारीको खोजीतर्फ सक्रियता बढाएको छ। प्रहरीका अनुसार एसिड आक्रमणमा तीनजनाभन्दा बढी व्यक्ति संलग्न भएको प्रहरीले अनुमान गरेको छ।

करणका दाई किरण तामाङका अनुसार जेठ ८ गते करण स्कूलबाट फर्किएपछि खेल्न भन्दै साथीहरुसँग बाहिर निस्केका थिए। खेल्न निस्कने क्रममा करणलाई तीन अपरिचित व्यक्तिले मुखमा एसिड हालेका थिए।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...