समाचार प्रभाब: लिलामी हुन बाट गाई जोगिए



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रिय जनावर गाई लाइ लिलामी बिक्रीका लागी राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान अन्तर्गतको पशु प्रजनन महाशाखाले सूचना प्रकाशित गरेको थाहा पाए पछि बिरोधमा उत्रिएका आधा दर्जन संघ सस्थाका प्रतिनिधीहरुले गाइलाइ लिलामी बाट रोक्न पहल गरेका छन् । हाम्रो इकोनोमी डट कमले गाइ लिलामीको समाचार जेठ २७ गते शनिबार प्रकाशित गरेको थियो । लिलामीमा रोक लगाउनु पर्छ भन्दै ध्यानाकर्षण गराउन आज बिभिन्न संस्थाका प्रतिनिधि सहित हिन्दु जागरण नेपाल पशु प्रजनन महाशाखा पुगेको थियो।

सम्बन्धित निकायका मुख्य पदाधिकारी संगको वार्ताको क्रममा उहाँहरुले सरकारी प्रावधान नै त्यस्तो खालको भएकोले हामीले पनि नचाहदा नचाहदै लिलामीको सुचना निकाल्नु परेको, ९ गते लिलामी गर्ने भनेर भनिएको कार्य हामि रोक्ने छौ . ढुक्क हुनुहोस भन्ने बचन आफुहरुले पाएको रामकृष्ण उपाध्यायले बताए। उनका अनुसार अब गाइ लिलामी प्रक्रिया बाट बच्ने छन् । असार ९ गते हुने भनिएको लिलामी रोक्न पहल गर्न जानेहरुमा गोदावरी अध्यात्म केन्द्र बाट चिरन्जीवी सिग्देल,नेपाल अहिंसा प्रेमी समाज,शिवशक्ति कल्याणी केन्द्र बाट सन्त मिलन,हिन्दु गोरक्षा अभियान नेपाल बाट बिकाश खड्का,विश्व हिन्दु महासंघ बाट शम्भुहरी बास्तोला,शान्तिको लागि धर्म दर्शन प्रतिष्ठान बाट भरत गिरि,हिन्दु जागरण नेपाल बाट महासचिव प्रवीण रिजाल,
कोषाध्यक्ष मुकुन्द नेपाल,केन्द्रिय सदस्य अर्जुन राना, कार्यालय सचिव यमुना ढकाल,उद्धव ढकाल,माधव उपाध्याय,सल्लाहकार गणेश प्रसाद पराजुली,भागवत सेवा संघ बाट जानुका लामिछाने,अप्सरा नकर्मी,न्हुछेलाल श्रेष्ठ,माया श्रेष्ठ लगायत थिए।

 

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...