समाचार प्रभाब: लिलामी हुन बाट गाई जोगिए



काठमाडौँ । राष्ट्रिय जनावर गाई लाइ लिलामी बिक्रीका लागी राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान अन्तर्गतको पशु प्रजनन महाशाखाले सूचना प्रकाशित गरेको थाहा पाए पछि बिरोधमा उत्रिएका आधा दर्जन संघ सस्थाका प्रतिनिधीहरुले गाइलाइ लिलामी बाट रोक्न पहल गरेका छन् । हाम्रो इकोनोमी डट कमले गाइ लिलामीको समाचार जेठ २७ गते शनिबार प्रकाशित गरेको थियो । लिलामीमा रोक लगाउनु पर्छ भन्दै ध्यानाकर्षण गराउन आज बिभिन्न संस्थाका प्रतिनिधि सहित हिन्दु जागरण नेपाल पशु प्रजनन महाशाखा पुगेको थियो।

सम्बन्धित निकायका मुख्य पदाधिकारी संगको वार्ताको क्रममा उहाँहरुले सरकारी प्रावधान नै त्यस्तो खालको भएकोले हामीले पनि नचाहदा नचाहदै लिलामीको सुचना निकाल्नु परेको, ९ गते लिलामी गर्ने भनेर भनिएको कार्य हामि रोक्ने छौ . ढुक्क हुनुहोस भन्ने बचन आफुहरुले पाएको रामकृष्ण उपाध्यायले बताए। उनका अनुसार अब गाइ लिलामी प्रक्रिया बाट बच्ने छन् । असार ९ गते हुने भनिएको लिलामी रोक्न पहल गर्न जानेहरुमा गोदावरी अध्यात्म केन्द्र बाट चिरन्जीवी सिग्देल,नेपाल अहिंसा प्रेमी समाज,शिवशक्ति कल्याणी केन्द्र बाट सन्त मिलन,हिन्दु गोरक्षा अभियान नेपाल बाट बिकाश खड्का,विश्व हिन्दु महासंघ बाट शम्भुहरी बास्तोला,शान्तिको लागि धर्म दर्शन प्रतिष्ठान बाट भरत गिरि,हिन्दु जागरण नेपाल बाट महासचिव प्रवीण रिजाल,
कोषाध्यक्ष मुकुन्द नेपाल,केन्द्रिय सदस्य अर्जुन राना, कार्यालय सचिव यमुना ढकाल,उद्धव ढकाल,माधव उपाध्याय,सल्लाहकार गणेश प्रसाद पराजुली,भागवत सेवा संघ बाट जानुका लामिछाने,अप्सरा नकर्मी,न्हुछेलाल श्रेष्ठ,माया श्रेष्ठ लगायत थिए।

 

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं