सिंहदरबार छोप्न ५ लाख रुपैयाँको पलास्टिक प्रयोग



हाम्रो इकोनोमि

काठमाण्डौं । वर्षा सुरु हुन लागेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त भवन सिंहदरबारलाई प्लाष्टिकले ढाक्ने काम मंगलबारदेखि सुरु गरेको छ ।

वर्षात् सुरु भईसक्दा मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडालाई प्लाष्टिकले ढाक्ने काम सुरु गरेको हो । झण्डै ३४ हजार स्क्वायर फिट क्षेत्रफल भएको सिंहरदरबारको क्षतिग्रस्त भवन भित्र पानी छिर्न नदिन ठेकेदारमार्फत प्लाष्टिकले ढाक्ने काम सुरु गरिएको छ । प्राधिकरणले साँढे ५ लाख रुपैयाँमा सिंहदरबारको मुख्य भवनमा प्लाष्टिकले ढाक्न ठेक्का दिएको हो ।

भूकम्पले क्षतिग्रस्त भवनमा थप क्षति हुनबाट जोगाउन प्लाष्टिकले ढाक्ने काम सुरु गरिएको प्राधिकरणका सहसचिव प्रकाश थापाले बताए । क्षतिग्रस्त भवनमा प्लाष्टिकले ढाक्ने काम भने दुई हप्ता भित्र सक्ने दावी गरिएको छ ।

सिंहदरबारको मुख्य भवनको संरचना नबिग्रने गरी पुनर्निर्माण गर्ने योजना बनाएपनि त्यसको कार्यान्वयनको काम भने अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...