सिंहदरबार छोप्न ५ लाख रुपैयाँको पलास्टिक प्रयोग



काठमाण्डौं । वर्षा सुरु हुन लागेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त भवन सिंहदरबारलाई प्लाष्टिकले ढाक्ने काम मंगलबारदेखि सुरु गरेको छ ।

वर्षात् सुरु भईसक्दा मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडालाई प्लाष्टिकले ढाक्ने काम सुरु गरेको हो । झण्डै ३४ हजार स्क्वायर फिट क्षेत्रफल भएको सिंहरदरबारको क्षतिग्रस्त भवन भित्र पानी छिर्न नदिन ठेकेदारमार्फत प्लाष्टिकले ढाक्ने काम सुरु गरिएको छ । प्राधिकरणले साँढे ५ लाख रुपैयाँमा सिंहदरबारको मुख्य भवनमा प्लाष्टिकले ढाक्न ठेक्का दिएको हो ।

भूकम्पले क्षतिग्रस्त भवनमा थप क्षति हुनबाट जोगाउन प्लाष्टिकले ढाक्ने काम सुरु गरिएको प्राधिकरणका सहसचिव प्रकाश थापाले बताए । क्षतिग्रस्त भवनमा प्लाष्टिकले ढाक्ने काम भने दुई हप्ता भित्र सक्ने दावी गरिएको छ ।

सिंहदरबारको मुख्य भवनको संरचना नबिग्रने गरी पुनर्निर्माण गर्ने योजना बनाएपनि त्यसको कार्यान्वयनको काम भने अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका