तीन एआईजी हुने भएपछि किन बढ्यो यिनको गति



हाम्रो इकोनोमि

काठमाडौँ । राजनीतिबाट अलग रहन नसकेको नेपाल प्रहरी समय समयमा विभिन्न पद र दरबन्दीका विषयमा व्यापक चर्चा हुने गरेको छ । गएको प्रचण्ड सरकालेप्रहरी महानिरिक्षक नियुक्ति गर्न पनि महिनौ दिन लगायो तर पनि सर्बोच्च अदालतमा प्रहरी महानिरिक्षक बिरुद्ध मुद्धा चलिरहेको छ ।

राजनीतिबाट चोखो रहन नसकेको नेपाल प्रहरी महानिरिक्ष नियुक्ति पनि तेस्रो बरियता क्रममा रहेका प्रकाश अर्याललाई बनाएर प्रहरी भित्र नै विवाद सिर्जना गरायो । यस्तै अहिले पनि एआईजीको दरबन्दी कति बनाउने भन्ने विषयमा राजीनिकत दलहरुभित्र अन्तर्रविरोध कायम रहीरहेको बेला नेपाल प्रहरीमा तत्कालका लागि एआईजीको दरबन्दी तीन जना मात्र राख्ने सम्भावना बढेको छ ।

लामो समयदेखि अवरुद्ध बढुवा प्रकृयालाई तत्काल अघि बढाउनका लागि एआईजीको दरबन्दी पुरानै निर्णयअनुसार कायम राख्न लागिएको हो । तीन वर्षअघि सुशिल कोइराला नेतृत्वको सरकारले प्रहरीका एआईजीको तीन वटा मात्र दरबन्दी राख्ने निर्णय गरेको थियो ।

तत्काल दरबन्दी थप्न समय लाग्ने र विवादमा पनि पर्ने भएकाले नथपिने भएको छ । एआईजीको दरबन्दी ११ सम्म बनाउन डिआईजीहरु भने दौडधुपमा लागेका छन् । नेपाल प्रहरीमा फागुन २ गतेदेखी एआईजीका सबै दरबन्दी रिक्त छन् । राजनीतिक हस्तक्षेप र संगठनभित्रकै अनेक विवादका कारण प्रहरीमा बढुवाको जाम भएको हो ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...