कृषि पर्यटन विकासका लागि रोपाइँ महोत्सव



हाम्रो इकोनोमि

पोखरा । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्द्वारा असारे रोपाई महोत्सव गर्ने भएको छ । यो महोत्सव विगत १३ वर्ष देखि वषेर्नी हुने गरेको छ । यसपटक महोत्सव पोखराको बाटुलेचौरमा गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित आठ रोपनी क्षेत्रफलको खेतमा महोत्सव गर्न लागिएको हो ।

कृषि प्रधान देश नेपालमा बढ्दो कृषि पर्यटनको विकास र कृषि संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सवलाई निरन्तरता दिइँदै आईरहेको आयोजकले बताएका छन् ।

महोत्सवमा स्वदेशी एवम् विदेशी गरी लगभग ३० हजार पर्यटक विदेशी ५०० जनासहित सहभागी हुने विश्वास गरिएको छ .
महोत्सवको आकर्षणको रुपमा हलगोरुको दौड, विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, माछा समात्ने, हिले दौड, रस्सा कस्सी खेल राखिएको छ भने कृषक सम्मान कार्यक्रम राखिएको आयोजकले जानकारी दिएका छन् ।

महोत्सवको व्यवस्थापनका लागि रु १४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...