कृषि पर्यटन विकासका लागि रोपाइँ महोत्सव



पोखरा । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्द्वारा असारे रोपाई महोत्सव गर्ने भएको छ । यो महोत्सव विगत १३ वर्ष देखि वषेर्नी हुने गरेको छ । यसपटक महोत्सव पोखराको बाटुलेचौरमा गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित आठ रोपनी क्षेत्रफलको खेतमा महोत्सव गर्न लागिएको हो ।

कृषि प्रधान देश नेपालमा बढ्दो कृषि पर्यटनको विकास र कृषि संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सवलाई निरन्तरता दिइँदै आईरहेको आयोजकले बताएका छन् ।

महोत्सवमा स्वदेशी एवम् विदेशी गरी लगभग ३० हजार पर्यटक विदेशी ५०० जनासहित सहभागी हुने विश्वास गरिएको छ .
महोत्सवको आकर्षणको रुपमा हलगोरुको दौड, विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, माछा समात्ने, हिले दौड, रस्सा कस्सी खेल राखिएको छ भने कृषक सम्मान कार्यक्रम राखिएको आयोजकले जानकारी दिएका छन् ।

महोत्सवको व्यवस्थापनका लागि रु १४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले