जलविधुत् आयोजनाको ५० प्रतिशत काम पुरा



हाम्रो इकोनोमि

काठमाण्डौं । उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ ।

साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको निर्माण कार्य अगाडि बढिसकेकाले आयोजनाको समग्र कार्य ५५ प्रतिशत पूरा भएको हो ।

आगामी एक वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माणको काम छिटोछरितो भइरहेको काममा संलग्न आयोजनाका प्राविधिकले बताएका छन् ।

यस्तै एउटै पानीले रनर घुम्ने ४२ दशमलव तीन मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य पनि तीव्र रुपमा अगाडि बढिरहेको र हालसम्म दुई हजार २०० मिटर सुरुङ खन्ने काम पूरा भइसकेको आयोजनाका प्रशासकीय अधिकृत एवम् समन्वयकर्ता सुनिलप्रसाद रेग्मीले जानकारी दिनुभयो । प्राविधिकका अनुसार सुरुङको लम्बाइ चार हजार २०० मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...