राजपाको सभामा गोली चल्दा,महन्थ र महेन्द्रको देउवासंग किन खानेखुशी ?



हाम्रो इकोनोमि

काठमाण्डौं ।  प्रदेश नम्बर २ को चुनाब सार्ने सरकारी निर्णयको धज्जी उडाएको राजपा नेपालले चुनाबमा भाग नलिने जनाउ दिईरहेकै बेला आज प्रधानमन्त्रीको निजी निवासमा पुगेर राजपाका अध्यक्ष महन्थ ठाकुर र महेन्द्र यादबले लामै कुराकानी गरेका छन्।

देउवा निवास बुढानिलकण्ठमा शनिवार गोप्य भेटवार्ता भएको छ । स्रोतका अनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको छ । भेटवार्तामा के विषयमा छलफल भयो भन्ने बारेमा खुलाइएको छैन ।

ठाकुर र यादवले छलफलको विषय खुलाउन चाहेनन् । छलफलमा ठाकुर र यादव मात्रै सहभागि भएको बताइको छ । तीन प्रदेशमो निर्वाचनका लागि भोली मनोनय दर्ता गर्ने कार्यक्रम रहेकाले त्यही विषयमा छलफल भएको हुनसक्ने स्रोत बताउँछ ।

६ मधेसवादी दलबीच एकिकरण भएर बनेको रजपाभित्र निर्वाचनमा सहभागि हुने वा नहुने भन्ने बिषयमा मतभेद भइरहेका बेला ठाकुर रायले मात्रै प्रधानमन्त्रीसँग भेट्नुलाई महत्वका साथ हेरिएको छ । राजपाको अध्यक्ष मण्डलका ठाकुर, यादव र शरदसिंह भण्डारी चुनावमा भाग लिनुपर्ने पक्षमा छन् भने राजेन्द्र महतो, राजकिशोर यादव चुनावमा सहभागी हुन नहुने पक्षमा छन् । अनिल झा भने चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा नखुलेको बताइएको छ ।

सरकारले राजपालाई पनि चुनावमा सहभागी गराउन भन्दै असार १४ गते चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ मा मनोनयन दर्ताको दिन दुई दिन पछि सारेको थियो भने प्रदेश नम्बर २ को चुनाव असोज २ गतेलाई सारेको छ ।

उता राष्ट्रिय जनता पार्टी नेपालले आयोजना गरेको बिरोध सभामा गोली चलेको छ।राजपाका केन्द्रिय सदस्य उपेन्द्र महतोका अनुसार नवलपरासीमा राजपाको सभा भैरहदा गोली चलेको हो। नवलपरासीमा पाच जना प्रहरीको गोली लागी घाइते भएका छन्, २ को अवस्था चिन्ताजनक रहेको त्यहाँ बाट राजपाका नेताले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...