राजपाको सभामा गोली चल्दा,महन्थ र महेन्द्रको देउवासंग किन खानेखुशी ?



काठमाण्डौं ।  प्रदेश नम्बर २ को चुनाब सार्ने सरकारी निर्णयको धज्जी उडाएको राजपा नेपालले चुनाबमा भाग नलिने जनाउ दिईरहेकै बेला आज प्रधानमन्त्रीको निजी निवासमा पुगेर राजपाका अध्यक्ष महन्थ ठाकुर र महेन्द्र यादबले लामै कुराकानी गरेका छन्।

देउवा निवास बुढानिलकण्ठमा शनिवार गोप्य भेटवार्ता भएको छ । स्रोतका अनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको छ । भेटवार्तामा के विषयमा छलफल भयो भन्ने बारेमा खुलाइएको छैन ।

ठाकुर र यादवले छलफलको विषय खुलाउन चाहेनन् । छलफलमा ठाकुर र यादव मात्रै सहभागि भएको बताइको छ । तीन प्रदेशमो निर्वाचनका लागि भोली मनोनय दर्ता गर्ने कार्यक्रम रहेकाले त्यही विषयमा छलफल भएको हुनसक्ने स्रोत बताउँछ ।

६ मधेसवादी दलबीच एकिकरण भएर बनेको रजपाभित्र निर्वाचनमा सहभागि हुने वा नहुने भन्ने बिषयमा मतभेद भइरहेका बेला ठाकुर रायले मात्रै प्रधानमन्त्रीसँग भेट्नुलाई महत्वका साथ हेरिएको छ । राजपाको अध्यक्ष मण्डलका ठाकुर, यादव र शरदसिंह भण्डारी चुनावमा भाग लिनुपर्ने पक्षमा छन् भने राजेन्द्र महतो, राजकिशोर यादव चुनावमा सहभागी हुन नहुने पक्षमा छन् । अनिल झा भने चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा नखुलेको बताइएको छ ।

सरकारले राजपालाई पनि चुनावमा सहभागी गराउन भन्दै असार १४ गते चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ मा मनोनयन दर्ताको दिन दुई दिन पछि सारेको थियो भने प्रदेश नम्बर २ को चुनाव असोज २ गतेलाई सारेको छ ।

उता राष्ट्रिय जनता पार्टी नेपालले आयोजना गरेको बिरोध सभामा गोली चलेको छ।राजपाका केन्द्रिय सदस्य उपेन्द्र महतोका अनुसार नवलपरासीमा राजपाको सभा भैरहदा गोली चलेको हो। नवलपरासीमा पाच जना प्रहरीको गोली लागी घाइते भएका छन्, २ को अवस्था चिन्ताजनक रहेको त्यहाँ बाट राजपाका नेताले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले