गाईफार्ममा आगलागी, सय भन्दा बढी गाईको मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । राजधानीको गोकेर्णेश्वर नगरपालिका सुन्दरीजलस्थित एक गाईफार्ममा आगलागी भएको छ ।

गाईफार्ममा आगलागी हुँदा आगोले जलेर सय भन्दा बढी गाई मरेका छन् । शनिबार विहान ११ बजे करेन्ट सर्ट भएर लागेको आगोले फाम भित्र पुरै आगो सल्कीएको थियो । अचानक ओम कृषि फार्ममा आगलागी भएपछि नेपाली सेना र प्रहरीको टोलीको सहयोगमा आगो निभाइसकेको फार्म सञ्चालक बाबुराम कार्कीले जानकारी दिए ।

गाईफार्म ओखलढुंगाका बाबुराम कार्कीले सञ्चालन गरेका थिए । कार्कीले प्रहरीलाई जनाए अनुसार फार्ममा एक सय २२ वटा गाई थिए । आगो सल्किएपछि केही बाहिर निस्कन भ्याएपनि अरु जलेर मरेका थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...