फोटो प्रतियोगिता प्रदर्शनी हुँदै !



हाम्रो इकोनोमि

काठमाण्डौं । काठमाण्डौं फोटोग्राफर संघले पाचौं पटक  Canon KPA Wedding Photo Award 2017 आयोजना गर्ने भएको छ ।

काठमाण्डौं उपत्यकाका सबै किसिम र तहको फोटो व्यवसायी गर्ने फोटोग्राफरहरुलाई आवद्ध गरि फोटो ग्राफरहरुको पेशागत स्तर माथि उठाउने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । यस प्रतियोगितामा झन्डै १००० जना फोटोग्राफरहरु सहभागि हुने अपेक्षा संघले गरेको छ ।

यस प्रतियोगितामा प्रोफेशनल स्टुडियो फोटोग्राफरले भाग लिन पाउने छन् । एक जना फोटोग्राफरले २ ओटा सम्म फोटो समावेश गर्न पाउने छन् । १०x१२ अथवा ८x१२ साईजमा फोटो प्रिन्ट गरी सो फोटोको सफ्टकपिको साथमा फाराम भरि बुझाउनुपर्ने छ । फोटो तथा फाराम यहि असार २५ गते भित्र बुझाउनुपर्ने छ ।

यस प्रतियोगितामा विजयी प्रथम, द्धितिय र तिृतियलाई क्रमश:  FULL FRAME Camera EOS DSLR 6D Kit, Canon EOS DSLR 80D Kit, Canon EOS DSLR 750D Kit प्रदान गरिनेछ । दर्शक छनोटका लागि संघले फेसबुक पेज प्रगोग गर्नेछ ।

प्रतियोगिताको बिजेता धोषणाकार्यक्रम साउन ७ गते काठमाण्डौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना गरिनेछ । र उत्कृष्ट सय फोटोलाई ९, १० र ११ गते तिनदिन सम्म नेपालमा परिषद् बबरमहलमा प्रदर्शनिमा राखिनेछ । बिजेता घोषणा कार्यक्रमको दिनमा कार्यक्रम स्थलमा फोटोग्राफि सम्बन्धि विभिन्न सामाग्रिको स्टलहरु पनि रहनेछ ।

फारम बुझाउनको लागि फोटोग्राफरले काठमाण्डौं फोटोग्राफर संघ बानेश्वर, काठमाण्डौं डिजिटल फोटो एक्सप्रेस सामाखुसि, फोटो हलिवुड कमलादि, सुपर डिजिटल बानेश्वर कलर ल्यावबानेश्वर, फोटो कन्सर्ट न्युरोड, फोटो प्वाईन्ट न्युरोड, नेशनल कलर ल्याब क्वीक डिजिटल कलरभक्तपुर, डिजिटल वल्र्ड जावलाखेल, पोखरा फोटोग्राफर संघ पोखरा, चितवन फोटोग्राफी संघ नारायनगढ, र लुम्बिनीफोटोग्राफर संघ बुटवल गरी बाह्र स्थानमा फारम तथा फोटो बुझाउन सकिनेछ । साथै संघको फेसबुक पेज WWW.facebook/kpanepal को Canan KPA Wedding Photo Award 2017 इभेन्टमा गएर विस्तृत जानकारी तथा फारम व्यवस्था गर्न सकिनेछ ।

यस प्रतियोगितालाई क्यानन क्यामराले शिर्षक प्रायोजन र प्रितिका क्यामरा सेन्टरले मुख्य प्रायोजन गरेको छ भने Hamroeconomy.com मिडिया पार्टनरको रुपमा रहेको कार्यक्रम संयोजक धर्मराज के.सीले बताउनुभयो ।कार्यक्रम संघका अध्यक्ष भवदेव थापाको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...