जहाँ उम्मेदवारले किसानसँग धान रोप्दै भोट मागे !



काठमाण्डौं । भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरदैलो कार्यक्रममा गएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले किसान खेतबारीमा व्यस्त देखेपछि रोपाइँमा सघाउँदै भोट माग्न थालेका हुन् । २००७ सालका क्रान्तियोद्धा जननायक रामप्रसाद राईको नामबाट नामाङ्कन गरिएको यो गाउँपालिका धार्मिक, साँस्कृतिकरुपले समेत ऐतिहासिक गाउँपालिकाका रुपमा चिनिँदै आएको छ ।

जनश्रममा यतिबेला नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार थामबहादुर राई (निर्माण) सँगै उपाध्यक्षका उम्मेदवार सम्झना राई (सन्ध्या) र कार्यकर्ता किसानका खेतमा धान रोप्न र मकै दोहो¥याउन व्यस्त रहेका बताइएको छ ।

वर्सात लागेसँगै किसान खेतीपातीमा व्यस्त भएको र एक ठाउँमा बोलाएर चुनावी सभा गर्दा किसानलाई काममा बाधा पर्ने भएका कारण मतदाताको खेतबारीमै गएर काम सघाउँदै भोट माग्दा सजिलो हुने उनीहरुको भनाइ छ ।

रोपाइँ गर्दै भोट माग्ने भने अहिले सम्मकै नौलो तरिका देखिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार थामबहादुर राईसँग नेपाली काँग्रेसका दिनेश कार्की र नेकपा ९एमाले०का विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले