जहाँ उम्मेदवारले किसानसँग धान रोप्दै भोट मागे !



हाम्रो इकोनोमि

काठमाण्डौं । भोजपुर जिल्लाको दक्षिणी रामप्रसाद राई गाउँपालिकामा उम्मेदवारसहित कार्यकर्ताले रोपाइँमा सघाउँदै भोट माग्न थालेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा घरदैलो कार्यक्रममा गएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले किसान खेतबारीमा व्यस्त देखेपछि रोपाइँमा सघाउँदै भोट माग्न थालेका हुन् । २००७ सालका क्रान्तियोद्धा जननायक रामप्रसाद राईको नामबाट नामाङ्कन गरिएको यो गाउँपालिका धार्मिक, साँस्कृतिकरुपले समेत ऐतिहासिक गाउँपालिकाका रुपमा चिनिँदै आएको छ ।

जनश्रममा यतिबेला नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार थामबहादुर राई (निर्माण) सँगै उपाध्यक्षका उम्मेदवार सम्झना राई (सन्ध्या) र कार्यकर्ता किसानका खेतमा धान रोप्न र मकै दोहो¥याउन व्यस्त रहेका बताइएको छ ।

वर्सात लागेसँगै किसान खेतीपातीमा व्यस्त भएको र एक ठाउँमा बोलाएर चुनावी सभा गर्दा किसानलाई काममा बाधा पर्ने भएका कारण मतदाताको खेतबारीमै गएर काम सघाउँदै भोट माग्दा सजिलो हुने उनीहरुको भनाइ छ ।

रोपाइँ गर्दै भोट माग्ने भने अहिले सम्मकै नौलो तरिका देखिएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार थामबहादुर राईसँग नेपाली काँग्रेसका दिनेश कार्की र नेकपा ९एमाले०का विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...