महानगरमा ज्ञानेन्द्रको शासन



हाम्रो इकोनोमि

काठमाडौं। अख्तियारको बार्षिक प्रतिबेदनका अनुसार काठमाडौँ भ्रष्ट कर्मचारीहरु बस्ने राजधानी पनि हो । मुलुकको राजधानीमा रहेको पुरानो महानगरमा यतिबेला तिनै खराब आचरणका द्रब्यमोही कर्मचारीले राज्यको थैलीमा प्वाल पारेर मोजमस्ती गरिरहेका छन् । काठमाडौँ महानगरका मेयर,उपमेयरको कार्यक्ष सिगार्न र गाडी मर्मत गर्न मात्र दुइ करोड लागेको छ,त्यस्तै ३२ वडाका वडा प्रमुखको कार्यकक्ष बनाउन र सपथ ग्रहणका दिन आयोजना गरिएको रात्री भोजको खर्च एक करोड ७५ लाख मात्र भएको विवरण फेला परेको छ । के त्यति रकम साचिकै खर्च भएको हो त ? पक्कै होइन।

 

महानगरमा एकजना कर्मचारी छन्,अहिलेका अर्थमन्त्री संग नाम मिलेका। हो तिनै ज्ञानेन्द्र कार्कीका कारण केहि बर्ष यता बाट महानगर भ्रष्टको संजाल भित्र छिरेको हो। अहिले प्रवक्ताको भूमिकामा पनि रहेका कार्कीले आफु बाहेकका अरुलाई महानगरका बिषयमा बोल्ने बन्देज लगाएका छन् । मिलाएर खानामा माहिर कार्की अरुलाई बजाएर फाइदा लिन माहिर छन्। जनप्रतिनिधी स्वागतका नाममा ७० लाख आफ्ना नाममा परिसकेका उनलाई महानगरका अर्का भ्रस्ट हरि कुँवर र खरिदका सुमन अधिकारीले भरपुर साथ दिदै आएका छन्। यी तिनै भाई अख्तियारको नजरमा परिसकेकोले चुडामणि शर्मा हुन मात्र बाकि रहेको श्रोतको भनाइ छन्।

प्रधानमन्त्री कार्यालयका हालका सचिब केदार बहादुर अधिकारी महानगरको कार्यकारी हुदा यिनै कार्कीले फसाईदिएका थिए। त्यहि काण्डले गर्दा अधिकारी २ बर्ष ढिलो सचिब भए। त्यति मात्र होइन महानगरको श्रोत बाट युवती लिएर चीन जानु, लाजिम्पाटमा महानगरकै पैसा बाट तरुनी च्यापेर रक्सि खानु कार्की कुँवर र अधिकारीको दैनिकी हो । तत्कालिन सचिब आनन्द पोखरेल लाइ कागजको बुझोले हाने गणेश राइ लाई युवती प्रयोग गरेर यिनै कार्कीले महानगर चलाएका थिए । अहिलेका मेयर बिध्या सुन्दरलाई त फनफनी नचाई दिन्छु उ मेरै मान्छे हो प्राबिधिक रुपमा पो उ मेयर जस्तो देखिएको त असली मेयर त मै हो भन्दै अरु कर्मचारी लाइ थर्काउने क्रम सुरु भएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...