महानगरमा ज्ञानेन्द्रको शासन



काठमाडौं। अख्तियारको बार्षिक प्रतिबेदनका अनुसार काठमाडौँ भ्रष्ट कर्मचारीहरु बस्ने राजधानी पनि हो । मुलुकको राजधानीमा रहेको पुरानो महानगरमा यतिबेला तिनै खराब आचरणका द्रब्यमोही कर्मचारीले राज्यको थैलीमा प्वाल पारेर मोजमस्ती गरिरहेका छन् । काठमाडौँ महानगरका मेयर,उपमेयरको कार्यक्ष सिगार्न र गाडी मर्मत गर्न मात्र दुइ करोड लागेको छ,त्यस्तै ३२ वडाका वडा प्रमुखको कार्यकक्ष बनाउन र सपथ ग्रहणका दिन आयोजना गरिएको रात्री भोजको खर्च एक करोड ७५ लाख मात्र भएको विवरण फेला परेको छ । के त्यति रकम साचिकै खर्च भएको हो त ? पक्कै होइन।

 

महानगरमा एकजना कर्मचारी छन्,अहिलेका अर्थमन्त्री संग नाम मिलेका। हो तिनै ज्ञानेन्द्र कार्कीका कारण केहि बर्ष यता बाट महानगर भ्रष्टको संजाल भित्र छिरेको हो। अहिले प्रवक्ताको भूमिकामा पनि रहेका कार्कीले आफु बाहेकका अरुलाई महानगरका बिषयमा बोल्ने बन्देज लगाएका छन् । मिलाएर खानामा माहिर कार्की अरुलाई बजाएर फाइदा लिन माहिर छन्। जनप्रतिनिधी स्वागतका नाममा ७० लाख आफ्ना नाममा परिसकेका उनलाई महानगरका अर्का भ्रस्ट हरि कुँवर र खरिदका सुमन अधिकारीले भरपुर साथ दिदै आएका छन्। यी तिनै भाई अख्तियारको नजरमा परिसकेकोले चुडामणि शर्मा हुन मात्र बाकि रहेको श्रोतको भनाइ छन्।

प्रधानमन्त्री कार्यालयका हालका सचिब केदार बहादुर अधिकारी महानगरको कार्यकारी हुदा यिनै कार्कीले फसाईदिएका थिए। त्यहि काण्डले गर्दा अधिकारी २ बर्ष ढिलो सचिब भए। त्यति मात्र होइन महानगरको श्रोत बाट युवती लिएर चीन जानु, लाजिम्पाटमा महानगरकै पैसा बाट तरुनी च्यापेर रक्सि खानु कार्की कुँवर र अधिकारीको दैनिकी हो । तत्कालिन सचिब आनन्द पोखरेल लाइ कागजको बुझोले हाने गणेश राइ लाई युवती प्रयोग गरेर यिनै कार्कीले महानगर चलाएका थिए । अहिलेका मेयर बिध्या सुन्दरलाई त फनफनी नचाई दिन्छु उ मेरै मान्छे हो प्राबिधिक रुपमा पो उ मेयर जस्तो देखिएको त असली मेयर त मै हो भन्दै अरु कर्मचारी लाइ थर्काउने क्रम सुरु भएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय