अरुण तेस्रोको शिलन्यास गर्न मोदी आउने



काठमाण्डौं । संखुवासभामा बन्न लागेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण केही महिनाभित्रै सुरु हुने भएको छ। आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएन (सतलज) ले आगामी सेप्टेम्बरबाट निर्माणको काम सुरु गर्ने लगानी बोर्डका एक अधिकारीले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनासमेत रहेको अरूण तेस्रोको शिलन्यास समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने गरी तयारी भइरहेको सतलजले जनाएको छ।

नेपाल सरकारका एक उच्च अधिकारीले पनि आयोजनाको शिलन्यास गर्न मोदी नेपाल आउने सम्भावना रहेको बताए। भारतीय प्रधानमन्त्री नै आयोजनाको शिलन्यासमा आउने सम्भावना बढेपछि सरकारले आयोजनालाई बन क्षेत्रको जग्गा हस्तान्तरणको कार्य अगाडि बढाएको छ।

नेपाल सरकार सतलजबीच सन् २०१४ मा आयोजना विकास सम्झौता भएको थियो। यसअघि सन् २०१६ को नोभेम्बरसम्म आयोजनाको लगानी जुटाइसक्ने सम्झौता भएपनि सतलजले एक वर्ष समय थप्न आग्रह गरेको थियो। सतलजको आग्रहपछि लगानी बोर्डले सन् २०१७ नोभेम्बरसम्म ‘फाइनान्सियल क्लोजर’का लागि समय थपेको थियो। गत फेब्रुअरीमा मोदी उपस्थित भारतीय सरकारको अर्थ समतिको बैठकले सतलजलाई अरुण तेस्रो बनाउन ९१ अर्ब रुपैयाँ ऋण दिने निर्णय गरेको थियो। १ खर्ब १५ अर्ब अनुमानित लागतमध्ये नपुग रकम सतलज आफैंले अन्य स्रोतबाट जुटाउने छ।

निर्माण भएको सुरु भएको पाँच वर्षभित्र आयोजना बनाइसक्ने सम्झौता छ। विद्युत् उत्पादन सुरु भएको २५ वर्षपछि सतलजले आयोजना चालु हालतमा नेपाल सरकारले हस्तान्तरण गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका