२ नम्बर बाहेक सबै प्रदेशमा काँग्रेसका उम्मेदवार तय



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा उम्मेदवार चयन गरेको छ । लगातार चलेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार चयन गरेको हो ।

विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा कार्की उम्मेदवार भएका छन् । दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा भूपबहादुर डाँगी र उपप्रमुखमा सुष्मा श्रेष्ठ तथा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा गेहेन्द्र गिरी र उपप्रमुखमा देविका नेपाली रेग्मीलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मोरङ र दाङका अन्य नगरपालिका र गाउँपालिकाको पनि उम्मेदवार चयन गरेको छ । प्रदेश नम्बर २का उम्मेदवार भने बिहीबार टुंगो लाग्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...