२ नम्बर बाहेक सबै प्रदेशमा काँग्रेसका उम्मेदवार तय



काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा उम्मेदवार चयन गरेको छ । लगातार चलेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार चयन गरेको हो ।

विराटनगर महानगरपालिकाको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा ईन्दिरा कार्की उम्मेदवार भएका छन् । दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा भूपबहादुर डाँगी र उपप्रमुखमा सुष्मा श्रेष्ठ तथा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा गेहेन्द्र गिरी र उपप्रमुखमा देविका नेपाली रेग्मीलाई काँग्रेसले उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मोरङ र दाङका अन्य नगरपालिका र गाउँपालिकाको पनि उम्मेदवार चयन गरेको छ । प्रदेश नम्बर २का उम्मेदवार भने बिहीबार टुंगो लाग्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको