रेलले किच्दा तीन नेपालीको ज्यान गयो



विराटनगर । सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीका प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिनुभयो ।

प्राप्त जानकारीअनुसार मङगलबार राति ८ बजे तीनैजनालाई उनीहरु चढेको को १७ प ३६९३ नम्बरको मोटरसाइकल रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तीव्रगतिमा आएको रेलले किचेको थियो । नम्बर ५५७४२ सो रेलबाट जोगवनीबाट कटिहार जाँदै थियो ।

भारतको अररियास्थित अस्पतालमा परीक्षणपछि मारिनेहरुको शव परिवारलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको