पाथीभरा देवीको उत्पति कसरी भयो ? थाहा पाउन यो सामग्री नपढी सुखै छैन



हाम्रो इकोनोमि

ताप्लेजुंग । पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरु छन् । भनिन्छः- परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरु जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरे।
यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् ।

देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहि आएको छ ।
आज पाथीभरा देवीको महिमा, देवीप्रतिको आस्था एवं विश्वासले गाँउ, जिल्ला र देशको सीमा नाघ्दै विदेशसम्म पुगेको छ । जसको परिणामस्वरुप हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवीदर्शनको निम्ति आउने क्रम जारी छ ।
भिडियो हेर्नुहोस माताको मन्दिरमा पुगे पछि कसरि पुजा गर्नु पर्छ |

माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन् । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ । तर पाथीभरा धाममा गर्भवति (Pregnant), नछुने (पर सरेकी Monthly Course) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरुको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन् । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रुपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रुपमा) चढाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...