यौन मनोविज्ञानका कथाहरू



प्रकृतिका हरेक जीवजन्तु यौनक्रियामा सामेल हुन्छन् । मानिस पनि प्रकृतिमै रमाउने एक प्राणी भएका हुँदा उसमा यौनेच्छा प्रकट हुनु स्वाभाविक पक्ष हो । कतिपय जीवजन्तुले विशुद्ध सन्तानोत्पत्तिका निम्ति यौन कर्म गर्छन्, कतिपयले भने भावनात्मक आवेग साटासाट गर्न यौनिक क्रियाकलापमा जोड दिन्छन् ।

प्रकृतिको उत्पत्तिदेखि नै निरन्तर छ, यो क्रमउपक्रम । मानिसहरूमा व्याप्त यौनेच्छा, प्रेम सम्बन्ध र त्यसले निम्त्याउने जटिल पक्षहरूबारे विश्व र नेपाली दुवै साहित्यमा कलम चल्ने गरेका छन् । तर, पछिल्ला अवधिमा भने यौन मनोविज्ञानलाई केन्द्रमा राखेर साहित्यमा कलम चलाउनेहरूको अभाव छ । अघिल्लो पुस्ताका विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, प्रेमा शाह, मनु ब्राजाकीहरूले यौन मनोविश्लेषात्मक कथाहरू लेखे पनि पछिल्लो पुस्ताका कथासर्जकहरूले भने यसलाई निरन्तरता दिएको पाइँदैन ।

पछिल्लो पुस्ताका लक्ष्मीप्रकाश पौड्याल भने यौन, प्रेम सम्बन्धलाई केन्द्रमा राखेर कथा लेख्ने सम्भावनाशील प्रतिभाका रूपमा उदाएका छन् । उनको कथाकृति ‘तृष्णा’ मा विपरीत लिंगीबीच हुने यौन–आकर्षण, प्रेम सम्बन्ध र त्यसले पारिवारिक र सामाजिक जीवनमा पु¥याएका गहिरा असरहरूबारे लेखिएका कथाहरू रहेका छन् ।

‘सरल रेखा’ प्रेममा त्याग गर्न खोज्ने तर समाजमा आलोचनाको पात्र बन्नुपर्ने त्रासले भड्किएका एक युवाको कथा बन्न पुगेको छ । खासगरी, विवाहपश्चात् पनि केटीहरूसँग सम्बन्ध गाँस्न चाहने युवाले झेल्नुपर्ने मानसिक, सामाजिक र पारिवारिक तनावलाई उक्त कथाले उप्काउन चाहेको छ । वैवाहिक बन्धनमा बाँधिए पनि नेपाली समाजभित्र गोप्य रूपमा युवतीहरूसँग सम्बन्ध गाँस्न चाहने पुरुषहरूको कमी छैन । तर, युवतीहरू पनि विवाहित पुरुषसँग सम्बन्ध कायम राख्न पछि हट्दैनन् । यस्ता घटना समाजका नजरका सुपाच्य नहुने भएका हुँदा त्यसले सफलता हासिल गर्न सक्दैन । यो कथाले विवाहपश्चात्का सम्बन्धमा देखिने जटिलतालाई कोट्याउन खोजिएको छ ।

‘प्रेमपूजा’ भने भर्खर वैवाहिक सम्बन्धमा बाँधिएका युवायुवती बीचको एउटा सामान्य प्रसंगलाई उधिनेर तयार पारिएको कथा हो । मूलतः यो कथाले मानिसहरूबीचका सम्बन्ध, भावना र प्रेम देखावटी मात्र हुन्छन् भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । हनिमुनका निम्ति काठमाडौंबाट पोखरासम्म प्लेनमा गएका नवविवाहित जोडीले प्लेनमा खराबी आएपछि रहेको एउटा लाइफ ज्याकेट कसले प्रयोग गर्ने भन्नेमा देखिएको द्विविधालाई यो कथाले उतार्न चाहेको छ । लाइफ ज्याकेट लगाउनुपर्ने परिस्थिति उत्पन्न हुनुअघि एकले अर्कालाई असीम माया गर्ने बताए पनि लाइफ ज्याकेट भने दुवैले आ–आफंैले लगाउन चाहेको प्रसंगलाई उप्काउँदै मुखले चेपारो घस्नु र व्यवहारमा देखाउनु फरकफरक कुरा हो भन्ने देखाउन चाहेको छ ।

‘आधुनिकता’ले प्रेमका नाममा देखिएको छाडापनलाई उजिल्याउने प्रयत्न गरेको छ भने ‘अन्तद्र्वन्द्व’मा भने नेपाली समाजमा व्याप्त जातीय विभेदले प्रेम गर्न चाहनेहरूलाई पु¥याइरहेको बाधा, व्यवधानहरूबारे उजागर गर्न खोजिएको छ । उनका ‘निम्तो’, ‘वान वे’, ‘तृष्णा’जस्ता कथा पनि प्रेम प्रसंगलाई नै केन्द्रबिन्दुमा राखेर लेखिएका कथा हुन् । मूलतः पौड्यालका कथाहरूले ग्रामीण जीवनमा हुने प्रेम, यौनका घटनाहरूका साथै कलेजमा अध्ययन गर्ने केटा र केटी, शिक्षकहरूबीच हुने यौनजन्य क्रियाकलाप, प्रेमालाप आदिलाई आफ्नो कथाको विषय बनाएका छन् ।
कृति स् तृष्णा
विधा स् कथासंग्रह
कथाकार स् लक्ष्मीप्रकाश पौड्याल
प्रकाशक स् दिल पौडेल
पृष्ठ स् ११७
मूल्य स् २५१।–

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले