जथाभावी बाटो काटे रु २०० तिर्नु पर्ने ब्यबस्था हट्यो



हाम्रो इकोनोमि

काठमाडौं/ सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीकै भरमा रकम लिइँदा आफूहरुलाई मर्का परेको भनि गुनासो आइरहेको बेला ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ ।

 

गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् । यअसघि सर्वसाधारणलाई जथाभावी बाटो काटे तीन घण्टासम्म नियन्त्रणमा राख्ने या रु दुई सय लिएर छाड्ने कार्य प्रहरीले गत जेठ १६ गतेदेखि गर्दै आएको थियो ।

 

गृहमन्त्रीको निर्देशनपछि सर्वसाधारणले जथाभावी बाटो काटे अब मात्रै आधा घण्टा ट्राफिक कक्षा लिनुपर्नेछ । ट्राफिक प्रहरी प्रमुख लामाले यसअघिको निर्णय आजैदेखि खारेज हुने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...