देह व्यापारमा संलग्न विनय शाह



हाम्रो इकोनोमि

काठमाडौँ । पछिल्लो समय नेपालीलाई क्यसिनोमा जुवा खेलाएर मालामाल भएका विनय शाहा अन्य धन्दामा पनि सम्लग्न भएको बुझिएको छ । विनय शाहको ग्रुपको लगानीमा गोवामा पनि क्यसिनो छ । उत्त क्यसिनोमा काम गर्न नेपाली केटिहरु कामदारको रुपमा लाने गरेको बुझिएको छ ।

कामदारको बहानामा लगिएका महिलाहरुलाई अन्य अनैतिक काममा लगाउने गरेको स्रोतको दावी छ । उनले गोवाको उत्त क्यसिनोमा कोठी नै सञ्चालन गरेका छन । उनले नेपाली महिला कामदारलाई पैसाको लोभमा पारेर यैनजन्य कृयाकलापमा लगाउने गरेको स्रोतको दाबी छ । त्यहाँका पिडीत महिलाको भनाइलाई उद्रित गर्दै स्रोत भन्छ हामी नर्कको जिवन बिताईरहेका छौं ।

क्यासिनो प्राइडका सञ्चालक विनय शाह खुलेआम नेपालीलाई जुवा खेलाइरहेका छन् । चिनियाँ लगानीमा सञ्चालित क्यासिनो प्राइड आफ्नै लगानीको भन्दै सञ्चालक शाहले नेपालीलाई जुवा खेलाउने गरेका हुन् । उनी क्यासिनोमा नेपालीलाई जुवा खेलाउने काममा माहिर छन् ।

क्यासिनोमा विदेशी आउन कम भएपछि शाहले नेपालीका लागि पनि चोरबाटो प्रयोग गरेर जुवा खेलाउन थालेका हुन । नेपाली ग्राहकबाटै शाहको कारोबार मालामाल भएको एक कर्मचारीले हाम्रो इकोनोमीलाई बताए । बौद्धस्थित होटल हायातमा क्यासिनो प्राइड शाहले सञ्चालन गरेका हुन् । केही समय अघिदेखि शाहले क्यासिनो नेपालीका लागि पनि खुला गरेका हुन् । नेपालीलाई क्यासिनो प्रवेशमा पूर्ण निषेध भए पनि क्यासिनो प्राइडले विभिन्न बहानामा जुवा घरभित्र नेपाली ग्राहक छिराएर जुवाखेलमा सरिक गराउने गरेको सूचना प्रहरी प्रशासनसम्म पनि नपुगेको होइन ।

क्यासिनो प्राइडमा विशेष गरी मंगोलियन अनुहारका नेपालीलाई तिब्बतका नागरिक बनाएर क्यासिनो प्रवेश गराएर जुवाअड्डा चलाउने काम शाहले गर्दै आएका हुन् । शाहको क्यासिनोमा केही नेपाली चैँ भारतको सिक्किमबाट आएको भन्दै नक्कली नक्कली भारतीय रासन कार्ड देखाएर पनि प्रवेश गर्ने गरेका छन् । नेपालीलाई प्रवेश निषेध क्यासिनोमा शाहले भने तिब्बती र भारतीय बनाएर नेपालीलाई नै प्रवेशको बाटो खुला गरेर नेपालीलाई जूवा खेलाएर कमाउ धन्दा चलाएका छन् ।

शाहको क्यासिनामो जुवा खेलेर कयौँ व्यापारीको घरबार नै सकिएको छ । ‘पैसा भएको थाहा पाउने बित्तिकै शाह बिभिन्न बहानामा क्यासिनो प्रवेश गराउँछन् र जुवाखेलमा सरिक गराउँछन्,’ एक पीडितले भने, ‘पैसा भइन्जेल फोन गरेर नै शाहले बोलाउँछन्, पैसा सकिएपछि निचोरिएको निबुवा ठानेर वास्तै गर्दैनन् ।’ बौद्धमै क्यासिनोमा नेपालीलाई प्रवेश र जुवा अड्डामा झोसेर जोगी बनाउने काम भइरहँदा नजिकै रहेका प्रहरी वृत्त र काठमाडौँ प्रहरी प्रशासन मौन देखिनु अर्को शंकाको विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...