देह व्यापारमा संलग्न विनय शाह



काठमाडौँ । पछिल्लो समय नेपालीलाई क्यसिनोमा जुवा खेलाएर मालामाल भएका विनय शाहा अन्य धन्दामा पनि सम्लग्न भएको बुझिएको छ । विनय शाहको ग्रुपको लगानीमा गोवामा पनि क्यसिनो छ । उत्त क्यसिनोमा काम गर्न नेपाली केटिहरु कामदारको रुपमा लाने गरेको बुझिएको छ ।

कामदारको बहानामा लगिएका महिलाहरुलाई अन्य अनैतिक काममा लगाउने गरेको स्रोतको दावी छ । उनले गोवाको उत्त क्यसिनोमा कोठी नै सञ्चालन गरेका छन । उनले नेपाली महिला कामदारलाई पैसाको लोभमा पारेर यैनजन्य कृयाकलापमा लगाउने गरेको स्रोतको दाबी छ । त्यहाँका पिडीत महिलाको भनाइलाई उद्रित गर्दै स्रोत भन्छ हामी नर्कको जिवन बिताईरहेका छौं ।

क्यासिनो प्राइडका सञ्चालक विनय शाह खुलेआम नेपालीलाई जुवा खेलाइरहेका छन् । चिनियाँ लगानीमा सञ्चालित क्यासिनो प्राइड आफ्नै लगानीको भन्दै सञ्चालक शाहले नेपालीलाई जुवा खेलाउने गरेका हुन् । उनी क्यासिनोमा नेपालीलाई जुवा खेलाउने काममा माहिर छन् ।

क्यासिनोमा विदेशी आउन कम भएपछि शाहले नेपालीका लागि पनि चोरबाटो प्रयोग गरेर जुवा खेलाउन थालेका हुन । नेपाली ग्राहकबाटै शाहको कारोबार मालामाल भएको एक कर्मचारीले हाम्रो इकोनोमीलाई बताए । बौद्धस्थित होटल हायातमा क्यासिनो प्राइड शाहले सञ्चालन गरेका हुन् । केही समय अघिदेखि शाहले क्यासिनो नेपालीका लागि पनि खुला गरेका हुन् । नेपालीलाई क्यासिनो प्रवेशमा पूर्ण निषेध भए पनि क्यासिनो प्राइडले विभिन्न बहानामा जुवा घरभित्र नेपाली ग्राहक छिराएर जुवाखेलमा सरिक गराउने गरेको सूचना प्रहरी प्रशासनसम्म पनि नपुगेको होइन ।

क्यासिनो प्राइडमा विशेष गरी मंगोलियन अनुहारका नेपालीलाई तिब्बतका नागरिक बनाएर क्यासिनो प्रवेश गराएर जुवाअड्डा चलाउने काम शाहले गर्दै आएका हुन् । शाहको क्यासिनोमा केही नेपाली चैँ भारतको सिक्किमबाट आएको भन्दै नक्कली नक्कली भारतीय रासन कार्ड देखाएर पनि प्रवेश गर्ने गरेका छन् । नेपालीलाई प्रवेश निषेध क्यासिनोमा शाहले भने तिब्बती र भारतीय बनाएर नेपालीलाई नै प्रवेशको बाटो खुला गरेर नेपालीलाई जूवा खेलाएर कमाउ धन्दा चलाएका छन् ।

शाहको क्यासिनामो जुवा खेलेर कयौँ व्यापारीको घरबार नै सकिएको छ । ‘पैसा भएको थाहा पाउने बित्तिकै शाह बिभिन्न बहानामा क्यासिनो प्रवेश गराउँछन् र जुवाखेलमा सरिक गराउँछन्,’ एक पीडितले भने, ‘पैसा भइन्जेल फोन गरेर नै शाहले बोलाउँछन्, पैसा सकिएपछि निचोरिएको निबुवा ठानेर वास्तै गर्दैनन् ।’ बौद्धमै क्यासिनोमा नेपालीलाई प्रवेश र जुवा अड्डामा झोसेर जोगी बनाउने काम भइरहँदा नजिकै रहेका प्रहरी वृत्त र काठमाडौँ प्रहरी प्रशासन मौन देखिनु अर्को शंकाको विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले