होसियार ! मधुमेहलाई नजरअन्दाज नगरौँ



हाम्रो इकोनोमि

काठमाडौँ । मधुमेह अहिले आम नेपालीलाई समस्याका रुपमा देखा परेको छ । यसको लक्षण पनि यति आम भएको छ कि, जो कोहीलाई पनि शंका लाग्न सक्छ, कतै मलाई मधुमेह त भएको छैन ?

मधुमेहको केही विशेष लक्षण हुन्छ । जस्तो कि, अधिक तिर्खा लाग्नु । पटकपटक पिसाब लाग्नु । धेरै भोक लाग्नु । अकारण तौल घट्नु ।
यद्यपि अन्य अवस्थामा पनि यस्तो हुनसक्छ । त्यसैले धेरै तिर्खा लाग्दैमा, धेरै पटक पिसाब लाग्दैमा मधुमेह नै हो भनेर ठोकुवा गर्न सकिँदैन । तर, कतिपय अवस्थामा यस्ता संकेतले मधुमेहको जनाउ दिन्छ ।

के के हुन्छ लक्षण ?
(क) थकान
सामान्यतया शारीरिक तथा मानसिक बोझले थकान महसुस हुन्छ । तर, कुनै बिनाकरण तपाईंलाई थकाइ लाग्छ भने त्यो मधुमेहको संकेत हो । हामी जे आहार लिन्छौँ, त्यो ऊर्जा हाम्रो कोषिकासम्म पुग्दैन, यदि हामीलाई मधुमेह छ भने । त्यही कारण शरीरमा आवश्यक ऊर्जा मिल्दैन र अकारण थाकिन्छ ।
(ख) निद्रामा समस्या
निद्रासँग जोडिएको समस्याको कारण तनाव उत्पन्न गर्ने हर्मोन रिलिज हुन्छ, जसले ब्लडमा सुगरको स्तर बढाउँछ । चिकित्सकको अनुसार टाइप २ मधुमेहको रोगीलाई निद्राको समस्याले सास लिन गाह्रो हुन्छ । रातको समयमा सुगरको मात्रामा कमी आउनाले पसिना आउने, बेचैन हुने समस्या हुन्छ ।
(ग) आँखाको दृष्टि बढ्नु
सामनन्यतयाः मधुमेहमा आँखाको दृष्टि कमजोर हुँदै जान्छ । तर, कहिलेकहिँ त्यसको ठीक विपरीत आँखाको दृष्टि बढ्न सक्छ । किनभने शरीरमा तरल पदार्थ बढ्छ र त्यो आँखाको आसपास जम्मा हुन्छ । यसैको कारण आँखाको दृष्टि बढ्छ । जब मधुमेहको उपचार गरिन्छ, फेरि आँखाको चस्मा लगाउनुपर्ने अवस्था आउँछ । आँखाको दृष्टिमा अचानक परिवर्तन भयो भने चिकित्सकको परामर्श लिनैपर्छ ।
(घ) श्रवण शक्तिमा समस्या
उमेर बढेसँगै श्रवण शक्ति कमजोर हुँदै जान्छ, जो सामान्य हो । तर, मधुमेहको सुरुवाती लक्षणमा पनि श्रवण शक्ति कमजोर हुन्छ । मधुमेहले कानमा क्षति पु¥याउँछ, जसले सुन्नमा समस्या हुन्छ । एक अध्ययन अनुसार, मधुमेहका ३० प्रतिशतसम्म रोगीमा श्रवण शक्ति कमजोर हुने भय हुन्छ ।
(ङ) यौन जीवन
मधुमेहको कारण पुरुष र महिलाको यौन उत्तेजनामा कमी आउँछ । पुरुषमा मधुमेहको मात्रा लामो समयसम्म अनियन्त्रित रह्यो भने लिंगमा समस्या हुन्छ । त्यस्तै महिलाको योनीद्वार सुख्खा हुन्छ । रगतमा बढेको सुगरको मात्राले नसामा विपरीत परिणाम दिन्छ, जसले उनीहरुको यौन जीवनमा कमी आउँछ ।
(च) चिलाउने
जुन व्यक्तिमा मधुमेह सुरु हुन्छ, उनीहरुको हत्केला, खुट्टाको तल्लो भाग, तालु चिलाउन थाल्छ । मधुमेहको प्रभाव छालाको रक्त सञ्चारमा हुन्छ, जसले चिलाउने समस्या हुन्छ ।
(छ) छालाको रंग बदलिनु
धेरैलाई थाहा छैन, छालाको रंग बदलिए पनि मधुमेहको संकेत हुनसक्छ । खासगरी कम्मर, कुहिना, खुट्टामा असामान्य रंग देखिए पनि मधुमेह हुन सक्छ । चिकित्सकका अनुसार, इन्सुलिनको उच्च मात्रा कोषिकामा वृद्धि हुन्छ, जसले छालामा कालो एवं चर्किएको धब्बा देखिनेछ ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...