पत्रकार, प्रहरी र सेनासहित थप ७३ जनामा कोरोना
पर्सामा पत्रकार, प्रहरी र सेनासहित ७३ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । ६१ जना पुरुष र १२ जना महिला संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् ।