कोरोना देखिएका प्रदेश नम्बर २ का मन्त्रीले प्रधानमन्त्रीलाई पनि भेटेको पुष्टि



हाम्रो इकोनोमि

 

कोरोना संक्रमण देखिएका प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादललगायतका व्यक्तिलाई भेट गरेको पाइएको छ । प्रहरी समायोजन सम्बन्धी छलफलका लागि उनी जनकपुरबाट काठमाडौं आएका थिए । सोही क्रममा प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको बैठक भएको थियो ।

सोही बैठकमा सहभागी यादवलाई जनकपुर फर्किएलगत्तै कोरोना संक्रमण देखिएको थियो । बैठक साउन १६ गते बसेको थियो । उनी १७ गते जनकपुर फर्किएका थिए । बैठकपछि सामूहिकरुपमा खिचिएको तस्बिर खिचाउँदा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख कसैले पनि मास्कसमेत लगाएका थिएनन्

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...