नेपाल कै ठुलो र पहिलो भर्चुअल शैक्षिक मेला आजबाट



हाम्रो इकोनोमि

 

कलेज रिडर्सको आयोजनामा साउन आज देखि भदौ ३ गतेसम्म भर्चुअल इडियु फेयर २०२० हुने भएको छ ।

कोभिड १९ महामारीका कारण एसईई दिएका विद्यार्थीहरुले उच्च शिक्षाका लागि स्कुल र कलेज भौतिक रुपमा भ्रमण गर्न नसक्ने तथा उपयुक्त सूचना र जानकारी पाउन मुस्किल पर्न गएकोले विद्यार्र्थी तथा अभिभावकलाई घरै वसी उपयुक्त सूचना संकलन गर्ने, अन्तरक्रिया गर्ने र कलेज छान्ने, भर्ना फारम भर्न मिल्ने गरी भर्चुअल शैक्षिक मेलाको आयोजना गरिएको हो ।

१५ दिनसम्म चल्ने अनलाइन शैक्षिक मेलामा एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी उच्च शिक्षाका लागि सूचना तथा परामर्श दिइने छ । यस भर्चुअल शैक्षिक मेलामा स्कुल तथा कलेजको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसँगको निःशुल्क Webinar मा सहभागिता, Career Counseling  and online scholarship Test जस्ता कार्यक्रम रहनेछन् । बहु प्रतिभाशाली विद्यार्थी लक्षित अनलाईन निवन्ध लेखन, वक्तृत्वकला, कविता वाचन प्रतियोगिता सञ्चालन समेत गरिनुका साथै विद्यार्थीहरुलाई २ करोड छात्रवृतिको समेत व्यवस्था गरिएको छ । उपत्यका लगाएत देशभर बाट एक सय ५० भन्दा बढी कलेजहरु यस शैक्षिक मेलामा सहभागी हुनेछन् भने पाँच लाख विद्यार्थी तथा अभिभावकहरुले मेलामा भ्रमण गर्ने अपेक्षा गरिएको कलेज रिडर्सले जनाएको छ ।

स्कुल तथा कलेजको ३६० डिग्री क्यामेराबाट खिचिएको फोटो मा विद्यालय तथा कलेजको ground , reception, Labs, Library, classrooms, seminar hllas, administrative blocks, cafeteria, games facliities सहितको Virtual Tour ले विद्यार्थी तथा अभिभावकहरुलाई आफै कलेज पुगेको महसुस हुने कार्यक्रम संयोजक रामहरि सिलवालले जानकारी दिए ।

भर्चुअल मेलाले विद्यार्थी तथा अभिभावकले एउटै Virtual Tour द्धारा विभिन्न स्कुल र कलेजहरु बीच तुलना गरी कलेज छनोट गरी आफ्नो निर्णय लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...