रारा तालमा प्रधानमन्त्रीको सम्वोधन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हित बिपरीत काम गर्नेलाई डण्डा लगाउने
कर्णालीको रमणीय रारा तालको डिलमा नयाँ वर्षको झुल्के घामसँगै एउटा कुर्सी राखिएको थियो । दायाँतिर राष्ट्रिय झण्डा टाँगिएको थियो ।राराको डिलमा स्थानीयहरु हिँडिरहेका देखिन्थे । छेउमा सेनाको हेलिकोप्टर थियो । सोही हेलीकोप्टर चढेर रारा पुगेका मन्त्रीहरु पनि छेउमा थिए ।