फेसबुक बन्द गर्ने हल्लाबारे ओली सरकारले आज यसरी खोल्यो मुख,कानूनी कार्वाही गर्न प्रहरी गुहार्यो



हाम्रो इकोनोमि

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले पछिल्ला दिन मन्त्रालयका नाममा फैलाइएका अफवाहको खण्डन गरेको छ । पछिल्ला दिन फेसबुक लगायत सामाजिक सञ्जालमा मन्त्रालयको लेटरप्याड र पूर्वमन्त्रीको नाममा प्रवाह गरिएका गलत सुचनाहरुको मन्त्रालयले खण्डन गरेको हो ।

केही दिनयता साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याडमा पूर्व मन्त्रीको नाम हस्ताक्षर गरी २०७५ सालदेखि फेसबुक लगायतका सामाजिक सञ्जालहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको भन्दै फेसबुकमा उक्त विषय भाइरल भएको थियो ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले आज एक विज्ञप्ति जारी कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको योजना नरहेको स्पष्ट पारेका हुन् । विज्ञप्तिमा कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कार्वाही गर्न प्रहरीसमक्ष अनुरोध गरिसकिएको समेत जनाइएको छ । मन्त्रालयले त्यस्तो गलत हल्लाको पछि नलाग्न समेत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...