वाम एकतामा ग्रहण लाग्ने मिल्यो यस्तो संकेत,ओली रारामा,चितवनमा प्रचण्ड बिन्दास पारामा



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख ९ गते नै एकता गर्ने हल्ला चलिरहेको बेला एकता संयोजन समितिको बैठक भने बस्न सकेको छैन् ।

दुई पार्टीका प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो चार दिनदेखि भेटवार्ता नै हुन नसकेको सूत्रहरुको दाबी छ । प्रचण्डको स्वास्थ्यमा सामान्य समस्या आएपछि एकता संयोजन समितिको अस्ति र हिजो डाकिएका दुवै बैठक स्थगित् भएको बताईएको थियो ।

एमाले–माओवादी केन्द्रबीच सङ्गठनात्मक समायोजन, जनयुद्ध र निर्वाचन चिन्हमा ठोस सहमति हुन बाँकी छ । एमाले–माओवादी पार्टी एकता घोषणाका लागि तयारी भैसकेको नेताहरुले बताउने गरेका छन् । तर, उनीहरुले भनेजस्तो सजिलो भने छैन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पछिल्लो समय मनमुटाव भएको स्रोतको दाबी छ । ओलीले नयाँ बर्षको पहिलो दिन भोलि मुगुको राराबाट देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नयाँ वर्ष २०७५ को पहिलो सम्बोधन मुगुको राराबाट गर्ने निर्णय अनुसार आजै प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यस्तै उनले शनिबार वैशाख १ गते त्यहाँबाट देशबासीलाई बिशेष सम्बोधन गर्नेछन् ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि चितवनमा छन् । ओली र प्रचण्ड दुवै जनता दुई तिर हिँडेपछि एकता संयोजन समितिको बैठक अलपत्र परेको छ । संयोजन समितिको बैठक बस्न ढिलाई भएसँगै बैशाख ९ गते गर्ने भनिएको एकतामा पनि केही अविलम्ब हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...