रारा तालमा प्रधानमन्त्रीको सम्वोधन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हित बिपरीत काम गर्नेलाई डण्डा लगाउने



हाम्रो इकोनोमि

कर्णालीको रमणीय रारा तालको डिलमा नयाँ वर्षको झुल्के घामसँगै एउटा कुर्सी राखिएको थियो । दायाँतिर राष्ट्रिय झण्डा टाँगिएको थियो ।राराको डिलमा स्थानीयहरु हिँडिरहेका देखिन्थे । छेउमा सेनाको हेलिकोप्टर थियो । सोही हेलीकोप्टर चढेर रारा पुगेका मन्त्रीहरु पनि छेउमा थिए । र, त्यहीँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भावना मिश्रित १८ पन्ने लिखित सम्वोधन गरे देशबासीका नाममा ।

प्रधानमन्त्रीले भन्दै आएको विकास, समृद्धि, तीब्र गतिको विकास, भ्रष्टाचारको अन्त्य लगायतका विषयहरु भाषणमा समेटिएका छन् ।प्रकृतिको रमणीय वक्षस्थलमा पुगेका कारणले हुनुपर्छ, प्रधानमन्त्रीको भाषणमा सौन्दर्यरस र सपनाहरुको मिश्रणमात्रै हैन, महानन्द सापकोटाको कवितासमेत कोट गरिएको छ ।

प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा आफू तेह्रथुमको मध्यमवर्गीय परिवारमा जन्मिएकोसमेत बताए ।कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आजबाट सुरु हुने रारा महोत्वसको उदघाटनपूर्व प्रधानमन्त्रीले देशबासीका नाममा सम्वोधन गरेका हुन् ।यसअघि शुक्रबार राराको डिलमा कर्णाली प्रदेशको क्याबिनेट बैठकमा समेत प्रधानमन्त्री र काठमाडौंबाट गएका केही मन्त्रीहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...