सांसदका छोरा नै १४ दिनदेखि काठमाडौंबाट बेपत्ता
सुदुरपश्चिम प्रदेशका सांसद अफिलाल ओखेडाको छोरा सागर शर्मा (ओखेडा) विगत १४ दिनदेखि बेपत्ता छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलबाट १६ वर्षीय सागर फेला नपरेको भन्दै सांसद ओखेडा दिनहुँजसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा धाइरहेका छन् ।