मन्त्री बिना मगरविरुद्ध उजुरी लिएर रञ्जु दर्शना अख्तियार पुगेपछि…



हाम्रो इकोनोमि

 

 

विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराई सो बारे प्रवक्ता प्रदिपकुमार कोइरालालाई जानकारी दिएको हो ।

उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ ।

खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशीलको ठहर छ ।

खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयको जिम्मा बिना मगरले लिएकी छन् ।

मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि उनले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् । यसै विषयमा संसदको अर्थ समिति र संसदमा पनि उनीमाथि प्रश्न उठाइएको थियो ।

मेलम्चीका विषयमा विभिन्न मिडियामा भ्रष्टाचार, कमिशनका तथ्य सार्वजनिक हुँदा पनि छानबिन भएको छैन । प्रधानमन्त्री कार्यालयले पनि उक्त आयोजनाको ठेकेदार कम्पनीसँग ठेक्का रद्द गर्नुको कारणबारे मन्त्रालयसँग खासै चासोसाथ सोधेको छैन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...