थारु पहिरहनमा यस्ती देखिईन मन्त्री मगर (तस्वीरमा हेर्नुहोस्)



हाम्रो इकोनोमि

 

केही महिना पहिले शिर्ष नेताहरुले माला लगाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए । अहिले खानेपानी मन्त्री विना मगरको तस्वीरले चर्चा बटुलेको छ । कञ्चनपुरमा हालै थारु समुदायले होली उत्सवमा खानेपानी मन्‍त्री बिना मगर पनि जानु भएको थियो ।

 

उक्त कार्यक्रममा मन्त्री पनि थारु समुदायका बिच थारु पहिरहनमा आफ्नो गृह जिल्ला कञ्चनपुर पुग्नु भएको हो । ब्यस्तताको बावजुद मन्त्री मगर स्थानीयले आयोजना गर्ने कार्यक्रममा फुर्सद निकालेर पुग्ने गर्नुहुन्छ । उहाँ आफ्नो क्षेत्रका जनतासँग भेटघाट गर्ने नेतृको रुपमा चिनिनु भएको छ ।

 

होलीको मौका पारेर सोमबार गृहजिल्ला कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उहाँलाई अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । अतिथी बन्ने क्रममा थारु समुदायको पहिरन लगाएर जानु भएकी मन्त्री मगर बेहुली झैं आकर्षक देखिनु भएको थियो ।

 

उक्त कार्यक्रमको प्रमुख आकर्षण बन्न पुगेकी मगरले थारु समुदाय र संस्कृतिको बेग्लै पहिचान रहेको र अल्पसंख्यकको रुपमा रहेको थारु समुदायको पहिरन लगाउँदा थारै भएपनि यस समुदायको पहिचानमा संरक्षण गर्न सघाउ पुग्ने बाचा गर्नुभयो । मन्त्री मगरले होली कार्यक्रमसँगै राना थारु होम स्टे र उधानको शिलान्यास पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...