कुन विषय पढ्न सुटुक्क अमेरिका गए नेता गगन थापा ?



हाम्रो इकोनोमि

 

नेपाली कँग्रेसका नेता गगनकुमार थापा पढ्नकाेलागि अमेरिका गएका छन् ।

नेता थापा हार्वर्ड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी’ विषयमा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न सोमबार राती अमेरिका गएका हुन् ।

दुई साताको सर्ट कोर्षका लागि गतबर्ष नै छनौट भए पनि व्यस्तताको कारण जान नपाएको उनले जानकारी दिए ।

 

‘कोर्ष दुई हप्ताको मात्र भएपनि छनोट भएदेखि नै इमेलमार्फत गृहकार्य गराई अधिकतम उपलब्धीमूलक बन्ने  थापाले बताएका छन् ।

सर्ट कोर्षमा सहभागी भइसकेका पूर्व सचिव कृष्ण ज्ञवालीका अनुसार विश्वभरिबाट सहभागी हुने भएकाले विख्यात विश्वविद्यालयको पढाई निकै उपलब्धिमुलक हुन्छ ।

राजनीतिकर्मी सहभागी हुने कक्षामा विश्वभरिका राजनीतिकर्मी सहभागी हुने भएकाले इन्टरनेटमार्फत भविष्यमा पनि अनुभव आदानप्रदान, अन्तरक्रिया गर्दै थप उपलब्धि लिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...