नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको रिटको सुनुवाइ नगर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई माओवादीनिकट वकिलहरूले दबाब दिएका छन् । बिहीबार विश्वम्भर श्रेष्ठको इजलासमा परेर हेर्न नभ्याइएको ज्ञानेन्द्रराज आरणसहितको रिट आज खतिवडाको इजलासमा परेको छ