प्रचण्डविरुद्धको रिटको सुनुवाइ नगर्न माओवादी वकिलहरूको दबाब



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको रिटको सुनुवाइ नगर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई माओवादीनिकट वकिलहरूले दबाब दिएका छन् । बिहीबार विश्वम्भर श्रेष्ठको इजलासमा परेर हेर्न नभ्याइएको ज्ञानेन्द्रराज आरणसहितको रिट आज खतिवडाको इजलासमा परेको छ । यसअघि सो रिट दर्ताको आदेश खतिवडासहितको इजलासले दिएको भन्दै माओवादी वकिलहरुले सोही रिटको सुनुवाई नगर्न खतिवडालाई सुझाव दिएका थिए ।

इजलासमै पुगेर रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधानलगायतले खतिवडालाई दबाब दिए पनि उनले यस्ता हजारौं मुद्दा आफूले हेरेको भन्दै कुनै कानूनी, संवैधानिक र व्यवहारिक अड्चन नरहेको जवाफ दिएका छन् । सो रिटमाथिको सुनुवाइ खतिवडाकै इजलासमा सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...