प्रचण्डविरुद्धको रिटको सुनुवाइ नगर्न माओवादी वकिलहरूको दबाब



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको रिटको सुनुवाइ नगर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई माओवादीनिकट वकिलहरूले दबाब दिएका छन् । बिहीबार विश्वम्भर श्रेष्ठको इजलासमा परेर हेर्न नभ्याइएको ज्ञानेन्द्रराज आरणसहितको रिट आज खतिवडाको इजलासमा परेको छ । यसअघि सो रिट दर्ताको आदेश खतिवडासहितको इजलासले दिएको भन्दै माओवादी वकिलहरुले सोही रिटको सुनुवाई नगर्न खतिवडालाई सुझाव दिएका थिए ।

इजलासमै पुगेर रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधानलगायतले खतिवडालाई दबाब दिए पनि उनले यस्ता हजारौं मुद्दा आफूले हेरेको भन्दै कुनै कानूनी, संवैधानिक र व्यवहारिक अड्चन नरहेको जवाफ दिएका छन् । सो रिटमाथिको सुनुवाइ खतिवडाकै इजलासमा सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...