राजनीति

मुलुकको व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने