बाटोमा फोहर फाल्नेलाई ठाउँको ठाउँ पाता कस्नु भन्दै गृहमन्त्रीले दिए यस्तो उर्दी



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए । उनले भने, ‘जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ ।’

आम जनताले पनि फोहोर फाल्नेहरुलाई सामाजिक दण्ड दिन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वातावरण सरसफाईका लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताए ।
२ वैशाखबाट सुरु भएको अभियान अन्तरगत हालसम्म ७५० मेटि्रक टन फोहर हटाइसकेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...