खुमबहादुर खड्काको अबस्था इन्तु न चिन्तु,कांग्रेसका दुई नेतालाई देउवाले भेट्न पठाए दिल्ली
नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न र उपचारको व्यवस्थापनका लागि काँग्रेसका दुई नेता मंगलबार बिहान भारत गएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउने निर्णय गरेअनुसार उनीहरु भारत गएका हुन्