ओलीले नेपालमा रहेका राजदूत तथा उच्च कुटनीतिक अधिकारीलाई आज यसरी झपार्दै,इयुको प्रतिबेदन माथी कुरा हुने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने भएका छन् ।

दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा प्रधानमन्त्री ओलीले निर्वाचनपछि फेरिएको राजनीतिक अवस्था र आफ्नो सरकारको प्राथमिकताका बारेमा विभिन्न देशका राजदूत तथा उच्च कुटनीतिक अधिकारीलाई जानकारी गराउने छन् ।

यस्तै कुटनीतिक स्तरका औपचारिक भेटलाई नियमन तथा व्यवस्थित गर्ने प्रयासमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो सरकारको यस सम्बन्धी नीतिका बारेमा पनि जानकारी गराउने छन् । र इयुको बिबादित प्रतिबेदनका बिषयमा समेत जानकारी गराउदै सबै राजदूतलाई मर्यादामा रहन र नेपाल र नेपालीलाई नहेप्न सुझाब दिने श्रोतको भनाइ छ। राजदूत तथा कुटनीतिक नियोगका उच्च पदाधिकारीसँग ओलीले प्रधानमन्त्री भए पछी पहिलो पटक सबैलाई बोलाएका हुन्।युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाण्डुमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...