ओलीले नेपालमा रहेका राजदूत तथा उच्च कुटनीतिक अधिकारीलाई आज यसरी झपार्दै,इयुको प्रतिबेदन माथी कुरा हुने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने भएका छन् ।

दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा प्रधानमन्त्री ओलीले निर्वाचनपछि फेरिएको राजनीतिक अवस्था र आफ्नो सरकारको प्राथमिकताका बारेमा विभिन्न देशका राजदूत तथा उच्च कुटनीतिक अधिकारीलाई जानकारी गराउने छन् ।

यस्तै कुटनीतिक स्तरका औपचारिक भेटलाई नियमन तथा व्यवस्थित गर्ने प्रयासमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो सरकारको यस सम्बन्धी नीतिका बारेमा पनि जानकारी गराउने छन् । र इयुको बिबादित प्रतिबेदनका बिषयमा समेत जानकारी गराउदै सबै राजदूतलाई मर्यादामा रहन र नेपाल र नेपालीलाई नहेप्न सुझाब दिने श्रोतको भनाइ छ। राजदूत तथा कुटनीतिक नियोगका उच्च पदाधिकारीसँग ओलीले प्रधानमन्त्री भए पछी पहिलो पटक सबैलाई बोलाएका हुन्।युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाण्डुमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...